कोरोना सङ्क्रमणले चितवनमा शुक्रबार एकै दिन तीन जनाको मृत्यु

कोरोना सङ्क्रमणले चितवनमा शुक्रबार एकै दिन तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

जिल्लामा कोरोना सङ्क्रमणबाट शुक्रबार तीन जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षका युवाको उपचारका क्रममा दिउसो भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा, खोकी र ज्वरो आएर उपचारका लागि भरतपुर अस्पताल आएका उनीमा १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै शुक्रबार बिहान पुष्पाञ्जली हस्पिटलमा भरतपुरका ५१ वर्षका पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ की महिलाको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उमेर ७१ वर्ष थियो ।

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । कोरोनाका कारण जिल्ला भित्रका चार जनाको मृत्यु भएको छ भने एक कैलाली, एक गोरखाका र तीन जना मकवानपुरका रहेका छन् ।

Logo