मृगौला रोगबारे जानकारी

मृगौला रोगबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

मृगौला हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । यसको काम रगत फिल्टर गर्ने हो । मृगौलाद्वारा रगत छान्ने क्रममा सोडियम, क्याल्सियम र अन्य खनिज सूक्ष्म कणहरूको रूपमा मूत्र वाहिनीको माध्यमबाट मूत्राशयमा पुग्छन्, जुन पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ । यसमा कुनै किसिमको नोक्सानी भयो भने व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

मृगौलाको पत्थरी हुनु आजकल एक सामान्य रोग हो । मिर्गौलाको पत्थरी भनेको नुन र खनिजबाट बनेको कडा पत्थर हो । सुरुमा यो सानो दाना जस्तै हुने भएता पनि पछि यो ठूलो समस्या हुन सक्छ । मृगौलामा पत्थरीको समस्या भएमा यसले पिसाब जानेदेखि पिसाब थैलीसम्म मानिसको शरीरमा असर गर्न सक्छ । यदि कुनै व्यक्तिको मृगौलाबाट ढुङ्गा निस्किएर मूत्रवाहिनीमा अड्कियो भने धेरै पीडा हुन्छ  र खतरनाक साबित हुन सक्छ ।

यस्तो अवस्थामा मृगौलामा पत्थरी हुन थालेपछि शरीरमा के–के लक्षण देखिन्छन् ? 

१.    कम्मर वा पेटमा अचानक कडा दुखाइ मिर्गौलाको पत्थरीको संकेत हुन सक्छ । यो दुखाइ प्राय करङ मुनि हुन्छ ।
२.     यदि तपाइँको पिसाबमा समस्या छ भने, यो मिर्गौलाको पत्थरीको संकेत पनि हुन सक्छ । मृगौलामा पत्थरी भएमा पिसाब फेर्ने क्रममा मानिसलाई धेरै दुख्ने वा जलन महसुस हुन्छ ।
३.    मृगौलाको पत्थरीको सबैभन्दा ठूलो लक्षण पिसाबमा रगत आउन सक्छ । यस्तो अवस्थामा पिसाबमा रगत आएमा तुरुन्त चिकित्सकसँग जाँच गराउनुपर्छ ।
४.    बारम्बार बान्ताले पनि मृगौलाको पत्थरीलाई संकेत गर्न सक्छ ।
५.    यदि तपाईलाई उच्च ज्वरो संगै काँप्ने, चिसो जस्तो महसुस भइरहेको छ भने यो पनि मिर्गौलाको पत्थरीको संकेत हो ।
६.    कहिलेकाहीँ मूत्रवाहिनीमा ढुङ्गा अड्किन्छ जसका कारण पिसाब एकदमै कम आउँने गर्छ । यदि तपाईलाई यस्तो भइरहेको छ भने तुरुन्तै डाक्टरकहाँ जानुहोस् ।
७.     यदि तपाईको हात खुट्टा सुन्निएको छ भने यो पनि पत्थरीको लक्षण हुन सक्छ ।
८.    प्रारम्भिक थकान पनि मृगौला रोगको एक सामान्य लक्षण हो ।

 

Logo