भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

केन्द्रबिन्दु
0
Shares

सरकारले भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक लगाउने भएको छ । 

प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो । दौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गरेमा सरकारले  कारबाही गरिने जनाएको हो । वन तथा वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको जनाएको छ । 

‘यस्ता झोला प्रयोगपछि जथाभावी फाल्ने गर्दा खोला तथा नदीमा प्रदूषित भएको र ढल तथा पानीका निकासका पाइपमा जम्मा भइ ढल निकासमा समेत बाधा उत्पन्न भएको छ’, विभागले सूचना जारी गर्दै भनेको छ । 

यसअघि पनि  विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो। कोरोनाका बेला अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोग वृद्धि हुँदै गएको पाइएको विभागको जनाएको छ ।

सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । यस्तै २०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो।

Logo