थप ७१० जनामा संक्रमण, दुईजनाको मृत्यु

थप ७१० जनामा संक्रमण, दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पाँच हजार २५ वटा नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

Logo