नेपालमा थप ५७७ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

नेपालमा थप ५७७ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २८२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार १७१ पुगेको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।

Logo