तनहुँमा डेंगु जस्तै रोग फैलियो

तनहुँमा डेंगु जस्तै रोग फैलियो

केन्द्रबिन्दु
0
Shares

सदरमुकामस्थित दमौली अस्पतालमा डेंगुको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । 

डेंगुको जस्तै लक्षण देखिएका ३ जना अस्पताल भर्ना भएका छन् । ११ र १४ वर्षीय दुई बालक र ३४ वर्षीय महिला डेंगुको लक्षणसहित दुई दिनदेखि अस्पतालमा भर्ना भई उपचार गराइरहेको अस्पतालका डाक्टर कृष्ण गिरीले जानकारी दिए ।

उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने जस्तो समस्या देखिएको छ । लक्षण डेंगुसँग मिल्दोजुल्दो देखिए पनि डेंगु नै हो भन्ने पुष्टि भने नभएको गिरीले बताए । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । डे‌ंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले लाग्ने र सर्ने गर्छ । ३ देखि ५ दिनसम्म ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु जोर्नी दुख्नु यसका लक्षण हुन् ।

Logo