यस्ता छन कर्कलो खानुका फाइदाहरु

यस्ता छन कर्कलो खानुका फाइदाहरु

केन्द्रबिन्दु
0
Shares

कर्कलोलाई स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । यो स्वादका लागि पनि निकै मिठो हुन्छ । 

कर्कलोमा प्रशस्त मात्रामा आइरन पाइन्छ । सँगै क्याल्सियम, भिटामिन ए, सी, के लगायत शरीरका लागि आवश्यक पौष्टिक तत्व पाइन्छ ।

कर्कलोको पात र तरकारीले ब्लडप्रेशरलाई नियन्त्रण गर्दछ । यसले तनाव कम गर्दछ । पेट दुख्ने समस्या छ भने पनि कर्कलो खादा लाभदायक हुन्छ । 

कर्कलोको तरकारी विभिन्न किसिमले बनाउने गरिन्छ । जस्तै रसदार झोल, सलाद तथा अन्य परिकार बनाएर खाने गरिएको छ । कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउँने गुण पनि नष्ट भएर जान्छ । 

नेपालको नेवारी तथा मैथिल समुदायमा कर्कलोको डाँठलाई केलाएर ओइलाई मसला र कागती मोलेर सिसीमा खाँदेर अचार बनाइन्छ जसलाई नेवारी भाषार्मा  सलचा’ र मैथिली भाषामा ‘गेड्ली’ भनिन्छ । यो परिकार नेवारी तथा मैथिल समुदायमा पनि निकै लोकप्रिय रहेको छ ।

कर्कलो खानुका मुख्य फाइदाहरु 

१ रक्तचाप र मुटुको रोगलाई फाइदा

पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ । यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ । यसमा भएको फाइबर र कार्बोहाइड्रेतले तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ । कर्कलाको तरकारी खादा कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कलो मिसाउदा अति लाभदायी हुन्छ ।
२ क्यान्सर

पिंडालुमा प्रचुर मात्रामा भिटामिन सी, ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरुलाई निकालेर फ्याक्न मदत गर्छ र फेरि बढ्न दिदैन ।
३ मधुमेह

पिडालुमा पाइने फाइबर र पोटासियमले मदुमेहको रोगिमा सुगर लेबल इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेइ सुगर बढ्नबाट रोक्छ । 
४ तौल घटाउछ

पिडालुमा हुने कम्ति क्यारोलिरिको कारण यो बढि तौल भएका ब्यक्तिहरुलाई अति उत्तम हुन्छ । 
५ सुन्दर छाला बनाउन

पिडालुमा हुने भिटामिन ए र सि छालाको अति आबश्यक तत्व हुन्। यी भिटामिनले छालाको तन्तुहरुलाई छिटो छिटो बिकसित गर्छ र छलाको आबरणलाई बचाइराख्न मदत गर्छ ।
६  दुध नआएमा 

बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्दा आमाको दुध आउछ । यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, जस्ता देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ । युरोपमा रोमन समयताकै पिँडालु कसरी पकाएर खाने भनेर किताबमै लेखिएको पाईन्छ ।

Logo