कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

केन्द्रबिन्दु
0
Shares

आजभोली बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिसहरु कपाल झर्ने समस्याबाट ग्रसित छन् । 

कपाल झर्नुका कारण धेरै मानिसहरु टालुपनको सिकार पनि हुन्छन् । यस्तो अवस्थामा कपालको विशेष ख्याल राख्नु जरुरी हुन्छ । कपाल झर्नबाट जोगाउन मानिसहरु विभिन्न प्रोडक्टहरु प्रयोग गर्छन् । 

तर यी उत्पादनहरूमा केमिकलहरू हुन्छन् जसले कपाललाई हानि पुर्‍याउन सक्छ । यस्तो अवस्थामा कपाल झर्न रोक्न चाहनुहुन्छ भने केही घरेलु उपाय अपनाएर यस समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । त्यसैले कपाल झर्नबाट जोगाउन मद्दत गर्ने यी घरेलु उपायहरूबारे जानौं ।

कपाल झर्न रोक्ने घरेलु उपाय

१. प्याजको रस

कपाल झर्न रोक्न प्याजको रस प्रयोग गर्नु निकै फाइदाजनक मानिन्छ । किनभने प्याजको रसले कपाल झर्नबाट बचाउँछ । यसका लागि प्याज पिसेर यसको रस निकाल्नुहोस् । त्यसपछि यो रसलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस् । त्यसपछि आधा घण्टापछि पानीले धुनुहोस् । यसो गर्दा यसको प्रभाव कपालमा छिट्टै देखिनेछ ।

२. अमला

कपाल झर्नबाट बच्न अमलाको प्रयोग निकै फाइदाजनक मानिन्छ । किनभने अमलाले कपाललाई बलियो र चम्किलो राख्न मद्दत गर्छ । यसका लागि अमलालाई पिसेर यसको रस निकाल्नुहोस् । त्यसपछि यो रस कपालको जरामा लगाउनुहोस् र गोलाकार गतिमा मसाज गर्नुहोस् । त्यसपछि आधा घण्टा पछि शैम्पूले धुनुहोस् र कन्डिसनर लगाउनुहोस् । यसो गर्दा यसको प्रभाव कपालमा छिट्टै देखिनेछ ।

३. नरिवल तेल

कपाल झर्नबाट जोगाउन नरिवलको तेलको प्रयोग निकै फाइदाजनक मानिन्छ । किनभने नरिवलको तेलले कपाल झर्नबाट जोगाउन मद्दत गर्छ । यसका लागि हप्तामा दुई पटक नरिवलको तेलले कपालको जरामा मालिस गर्नुहोस् र रातभर छोड्नुहोस् । त्यसपछि बिहान शैम्पूले घुनुहोस ।

४. मेथी 

कपाल झर्नबाट जोगाउन मेथीको प्रयोग निकै फाइदाजनक मानिन्छ । किनभने मेथीले कपाल झर्नबाट बचाउनुका साथै नयाँ कपाल उम्रार्न पनि मद्दत गर्छ । यसका लागि आधा कप मेथी रातभर भिजाउनु पर्छ । त्यसपछि बिहान यसको पेस्ट बनाउनुहोस् र यो मिश्रणलाई हेयर मास्कको रूपमा कपालमा लगाउनुहोस् । एक घण्टापछि पानीले धुनुहोस् । यसलाई हप्तामा एक वा दुई पटक प्रयोग गर्नुहोस् ।

Logo