थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

देशभर थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन ।

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । यता थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Logo