पत्थरी मिर्गौलामा मात्र नभई अन्य यी अंगहरुमा पनि हुन सक्छ

पत्थरी मिर्गौलामा मात्र नभई अन्य यी अंगहरुमा पनि हुन सक्छ

केन्द्रबिन्दु
0
Shares

जब पनि पत्थरीको कुरा आउँछ, हामी सबैको दिमागमा आउने पहिलो कुरा भनेकै  मिर्गौला हो । तर मानिसलाई थाहा हुनुपर्छ कि पत्थरी मिर्गौलामा मात्र नभई अन्य ठाउँमा पनि हुन सक्छ । आजको लेखमा हामी ती ठाउँहरूका बारेमा जान्नेछौं । 

पत्थरी कहाँ हुन्छ ?

धेरैजसो मानिसहरु मिर्गौला पत्थरीको समस्यामा छन् । मिर्गौलामा पत्थरी हुनुको कारण गलत जीवनशैली, अधिक तौल भएको खाना, औषधिको अत्यधिक सेवन, गलत खानपान आदिका कारण हुन्छ । जसका कारण मानिसहरुले निकै पीडादायी अवस्थाको सामना पनि गर्नुपर्ने हुन्छ । 

१. पित्त थैलीमा

मानिसको पित्त थैलीमा पनि पत्थरी हुन्छ । पित्त थैली कलेजोको ठीक तल अवस्थित हुन्छ । यस थैलीमा पित्त जम्मा हुन्छ । पित्त नलीमा अवरोध हुँदा पत्थरी देखिन्छ । जब पित्तथैलीमा कोलेस्ट्रोल बढ्दै र कडा हुन हुदै जान्छ । तब यसले पत्थरीको रुप लिन्छ । यो अवस्था अत्यन्त पीडादायी भएकाले यसबाट छुटकारा पाउन मानिसले शल्यक्रियाको सहारा लिनुपर्छ ।
पित्तथैलीमा पत्थरी हुदा यी लक्षणहरू देखा पर्छन । पित्तथैली वरिपरि दुखाइ, छातीमा जलन, पेट भारी हुने, अपच, अमिलो डकार आउने जस्ता लक्षणहरू देखिन्छ । 

२. पिसाब थैलीमा

मानिसको पिसाब थैलीमा पनि पत्थरी हुन सक्छ । यो अवस्था धेरै पीडादायी हुन्छ । जसका कारण मानिसले पिसाबथैलीलाई पूर्ण रूपमा खाली गर्न सक्दैन । साथै, यसका लक्षणहरूमा पिसाब लागिरहने, पिसाब फेर्न गाह्रो हुने, पिसाबमा रगत आउने, दुखाइ आदि हुन सक्छन् ।

Skip This
Logo