राति निद्रा नलाग्ने समस्या छ? यसो गरेर हेर्नुहोस्

राति निद्रा नलाग्ने समस्या छ? यसो गरेर हेर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

आधुनिक समयमा, स्वस्थ रहन सन्तुलित आहार, दैनिक व्यायाम र पर्याप्त निद्रा सबैलाई आवश्यक छ । मानव शरीरमा पर्याप्त निन्द्रा नपुग्नाले शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर पर्नेगर्छ । 

विज्ञहरूका अनुसार खराब दिनचर्या, गलत खानेकुरा र तनावका कारण अनिद्राको समस्या बढी हुने गर्छ ।

यसबाहेक राति अबेरसम्म मोबाइल चलाउँदा पनि निद्रामा गडबड हुन्छ । यसका लागि हरेक दिन कम्तिमा ८ घण्टा सुत्नुपर्ने अध्ययनकर्ताहरु बताउछन् । यदि तपाई पनि अनिद्राको समस्याबाट हैरान हुनुहुन्छ यो लेख पढेर आफ्नो अनिद्राको समस्याबाट छुटकारा पाउनुहोस ।

राती नरिवल पानी पिउदा तौल घटाउन उपयोगी

नरिवल पानी पिउनाले बढ्दो तौललाई नियन्त्रण गर्न सकिन्छ । धेरै अनुसन्धानले पत्ता लगाएको छ कि द्दछण् ग्राम नरिवल पानीमा द्धण् क्यालोरी मात्र हुन्छ। राति नरिवलको पानी पिउँदा शरीरमा बोसो जम्मा हुँदैन । साथै मेटाबोलिजम पनि बढ्छ । मेटाबोलिकले हाम्रो शरीरको बोसो जलाउँछ । यसै कारण मोटोपनाबाट पीडित व्यक्तिहरूले राति नरिवल पानी पिउदा उनीहरुको स्वास्थ्यमा फाइदा पुग्छ ।  

छालाको लागि लाभदायक 

नरिवल पानीमा साइटोकाइन्स, प्रोटिन, लौरिक एसिड प्रचुर मात्रामा पाइन्छ, जुन मानव छालाको लागि फाइदाजनक हुन्छ । लौरिक एसिडले छालालाई विभिन्न किसिमको संक्रमणबाट बचाउँछ । 

उच्च रक्तचाप नियन्त्रण गर्न

नरिवलको पानीमा पोटासियम र म्याग्नेसियम पाइन्छ । जसले मानव शरीरको उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसले तनावमा आराम दिन्छ । तनाव अनिद्रा उच्च रक्तचापको मुख्य कारण हो । त्यसैले हरेक रात सुत्नुअघि नरिवलको पानी पिउनुपर्छ ।

Skip This
Logo