बन्दागोभी खाँदाका फाइदाहरु !

बन्दागोभी खाँदाका फाइदाहरु !

केन्द्रबिन्दु
0
Shares

बन्दागोभीको सेवनले मानव स्वास्थ्यलाई धेरै फाइदा गर्छ । बन्दागोभीमा भिटामिन बी ६, भिटामिन सी, फाइबर, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ । जसले मानव शरीरमा हुने धेरै स्वास्थ्य समस्याहरूबाट बचाउन मद्दत गर्छ । साथै, यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ । बन्दागोभीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसका साथै यसको सेवनले पाचन प्रणाली स्वस्थ रहन्छ ।
गोभी खानुका फाइदाहरु…

१. रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउन 
इम्युनिटी बलियो बनाउन बन्दागोभीको सेवन निकै फाइदाजनक मानिन्छ । बन्दागोभीमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमताले मानव शरीरलाई धेरै मौसमी संक्रमणहरुबाट बचाउन मद्दत गर्छ ।

२. पाचन प्रणालीलाई स्वस्थ राख्न 
पाचन प्रणालीलाई स्वस्थ राख्न बन्दागोभीको सेवन निकै फाइदाजनक मानिन्छ । बन्दागोभीमा फाइबर हुन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । जसले गर्दा पेट ठीक रहन्छ र कब्जियतको समस्या पनि हट्छ ।

३. हड्डी बलियो बनाउन 
बन्दागोभीको सेवनले मानव शरीरको हड्डी बलियो बनाउन निकै लाभदायक मानिन्छ । बन्दागोभीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ । यसका साथै यसको सेवनले घुँडा दुख्ने, जोर्नी दुख्ने र सुन्निने समस्याबाट पनि राहत मिल्छ ।

४. तौल घटाउन
बन्दागोभीको सेवनले शारीरिक तौल घटाउनका लागि निकै फाइदाजनक मानिन्छ । गोभीमा क्यालोरी धेरै कम हुन्छ । जसले तौल घटाउन मद्दत गर्छ ।
 

Skip This
Logo