नेपालमै पहिलो पटक ह्युमन मिल्क बैंक स्थापना

नेपालमै पहिलो पटक ह्युमन मिल्क बैंक स्थापना

केन्द्रबिन्दु
0
Shares

थापाथलीस्थित नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना भएको छ।

अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति  विद्यादेवी भण्डारीले ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।

बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आवश्यक भएका वेला अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठले बताए।

समय नपुगी जन्मेका नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुमा संक्रमण (सेप्सिस् ) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग)  को उच्च जोखिम रहने हुँदा त्यस्ता बच्चाहरूका लागि लक्षित गरेर अमृत कोष स्थापना गरिएको निर्देशक श्रेष्ठले बताए।

अमृत कोष’ नेपाल सरकार, यूरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो। सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

युनिसेफका अनुसार विश्वभर वार्षिक करिब १ करोड ५० लाख शिशु समय नपुगी जन्मिने गरेका छन्। नेपाल जस्ता निम्न मध्यम आय भएका देशहरूमा करिब ८१,००० शिशु समय नपुग्दै जन्मिन्छन्। शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगी जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन्।

सन् २०१९ को नेपाल बहुसूचक सर्वेक्षणअनुसार नेपालमा नवजात मृत्यु दर ९जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या० १६ छ। त्यस्तै शिशु मृत्युदर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्युदर प्रति १००० जीवित जन्ममा २८ छ।

Skip This
Logo