अण्डालाई स्वास्थ्यका दृष्टिकोणले लागि राम्रो मानेर जोशका साथ खाइरहनुभएको छ भने वैज्ञानिकहरुको यो नयाँ अनुसन्धानले तपाईको मुखको स्वाद बिगार्न सक्छ ।
हालै गरिएको एक अनुसन्धानले घरमा पालिने कुखुराको अण्डामा पोल्ट्री फार्ममा पाल्ने कुखुराको तुलनामा ४० गुणा बढी सिसा पाइने देखाएको छ । घर पालुवा कुखुरामा गरिएको एक अनुसन्धानमा उनीहरुको रगतमा सिसाको मात्रा नापिएको थियो जुन स्वास्थ्यका लागि कुनै पनि हिसाबले राम्रो होइन ।
सिसाको मात्राका बारेमा डब्ल्यूएचओ के भन्छ ?
सिसाको मात्रा कम होस् वा बढी, स्वास्थ्यका लागि सिसालाई राम्रो मानिँदैन । यस सन्दर्भमा, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिसाको जोखिमको कुनै सुरक्षित स्तर नभएको विश्वास गर्छ । सिसाले मानिसको शरीरमा आईक्यु घटाउने र मुटुसँग सम्बन्धित रोग निम्त्याउन सक्छ ।
अनुसन्धानले के भन्छ ?
अस्ट्रेलियामा भेगेसेफ नामक अनुसन्धानले करिब २५ हजार घरबाट माटोको नमूना लिएको थियो । त्यो नमुनाको रिपोर्ट पछि जुन प्रकारको नतिजा आयो त्यो नतिजाले मानिसलाई चकित पारेको छ । यससँगै त्यहाँ रहेको कुखुरा र अण्डाबाट पनि चिन्ताजनक नतिजा भेटिएको छ । २० माइक्रोग्राम प्रति डेसीलिटर वा सोभन्दा बढी सिसा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । अनुसन्धानमा ६९ कुखुराको अनुसन्धानमा करिब ४५ प्रतिशत कुखुराको रगतमा सिसाको मात्रा २० माइक्रोग्राम प्रति डेसिलिटरभन्दा बढी रहेको पाइएको थियो ।
कुखुरामा सिसा कसरी आयो ?
कुखुरामा पाइने सिसाको खतरनाक मात्रा त्यहाँको माटोमा पाइने सिसाको मात्रामा भरपर्छ भन्ने विश्वास अनुसन्धानकर्ताहरुले गरेका छन् । कुखुराले माटोबाट आफ्नो खाना उठाएर खादा माटो पनि खानासँगै मिसिएको अनुसन्धानकर्ता बताउछन् ।





























प्रतिक्रिया