काठमाडौं । अमेरिकी गायक किसियन एण्डरसन फेब्रवरी ३, १९९० मा जन्मेका हुन् । उनी सियन किङस्टन नामले पनि चिनिने गर्छन् ।  

उनी गायक मात्र नभएर सङ राइटर तथा र्यापर पनि हुन् । "/>

चर्चित अमेरिकी गायक किसियन एण्डरसन नेपाल आउँदै

चर्चित अमेरिकी गायक किसियन एण्डरसन नेपाल आउँदै


काठमाडौं । अमेरिकी गायक किसियन एण्डरसन फेब्रवरी ३, १९९० मा जन्मेका हुन् । उनी सियन किङस्टन नामले पनि चिनिने गर्छन् । 

उनी गायक मात्र नभएर सङ राइटर तथा र्यापर पनि हुन् । उनको पहिलो एल्बम् सिन किङ्स्टन २००७ मा रिलिज भएको थियो । उनी तिन दिन पछि नेपाल आउने भएका छन् । सियन किङस्टन त्रिपुरेश्वर स्थित कर्मा बार एण्ड लाउञ्जमा आउदो बुधबार अर्थात अक्टोबर २४ मा लाइभ सो मा भाग लिने भएका छन् । दशैं सकिएसँगै उनको लाइभ सो भएकोले गर्दा दर्शकहरुलाई एउटा छुटै रिफ्रेशमेन्ट पनि मिल्नेछ ।

इभेन्ट सोलिस पर्फमिङ र्आटले आयोजना गरेको हो । यस कार्यक्रमको एभेन्ट म्यानेजरको रुपमा रबिन श्रेष्ठ रहेका छन् । साथै आशिष राना (लाउरे), समृद्वि राई लगायतका नेपाली गायक–गायिकाहरुले पनि यो कार्यक्रममा पर्फम गर्ने पक्का भएको छ । टिकटको मूल्य २ हजार देखि २५०० सय सम्म रहेको छ ।

Logo