स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी


काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा विवेकशीलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् ।

प्रदेशसभा सदस्य पौडेलले आज अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका थिए ।

बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको र यसको सबैतिर आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ। सरकारले केहि दिन अघि चीनबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

Logo