हाम्रो सम्बन्ध पारिवारिक हो, समय आएपछि पक्कै विवाह हुन्छः हरिहर र नीता (भिडियोसहित)

हाम्रो सम्बन्ध पारिवारिक हो, समय आएपछि पक्कै विवाह हुन्छः हरिहर र नीता (भिडियोसहित)


ज्योतिष तथा कलाकार हरिहर अधिकारी र कलाकार नीता ढुंगानाले दुई जनाको सम्बन्ध पारिवारिक भएको बताएका छन्।

केन्द्रविन्दु संवादमा कुरा गर्दै कलाकार अधिकारी र ढुङ्गानाले यस्तो बताएका हुन्। 
अधिकारी र ढुंगानाको जोडी पछिल्लो समय चर्चामा रहेको छ। उनीहरूलाई सामाजिक सञ्जालमा विवाह कहिले गर्ने भन्नेसम्मका प्रतिक्रियाहरू आउने गरेका छन्।

तर, उनीहरूले अहिले अन्य केही सम्बन्ध नभएर पारिवारिक सम्बन्ध भएको तर, समय आएपछि पारिवारिक सम्बन्ध के मा परिर्वतन हुन्छ अहिले नै एकिन नभएको बताएका छन्।

कलाकार ढुङ्गानाले हरिहर र आफ्नो सम्बन्धका विषयमा पुरूषको जोडी भएको भए कुनै प्रश्न नउठाएर मह जोडीको उपमा दिने थिए तर, हामी महिला र पुरूष भएकाले सम्बन्धको विषयमा कुरा उठ्ने गरेको बताइन्।

पछिल्लो समय नीता र हरिहर अभिनयमा नयाँ भजन ‘जय नील कण्ठ’ सार्वजनिक गरिएको छ। गीतमा गायक सुगम पोखरेलको आवाज तथा विशाल निरौलाको संगीत र ज्योतिष अधिकारीकै शब्द रहेको छ।

उनीहरुसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा 

 

Logo