मिसिल बलियो छ भने वकपत्र फेर्दैमा पल छुट्ने भन्ने हुन्न : अधिवक्ता चन्द्रप्रसाद काफ्ले

मिसिल बलियो छ भने वकपत्र फेर्दैमा पल छुट्ने भन्ने हुन्न : अधिवक्ता चन्द्रप्रसाद काफ्ले


नाबालिग गायिका बलात्कारको आरोपमा थुनामा रहेका कलाकार पल शाहसम्बन्धी मुद्दाले नयाँ मोड लिएको छ । शाहले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी ती गायिकाले अदालतमा वकपत्र फेरेपछि घटनाले नयाँ मोड लिएको हो । प्रमाणहरुले घटना पुष्टि हुने भएमा बयान फेरेकै आधारमा कोही निर्दोष नहुने अधिवक्ताहरु बताउँछन् । पल प्रकरणमा जोडिएर विभिन्न अडियो, म्यासेजहरु समेत बाहिरिएका थिए । पलविरुद्ध पीडितका बुबाले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । पलविरुद्ध सोही प्रकृतिको मुद्दा नवलपुरमा पनि दर्ता छ । मुद्दाको सुनुवाइ गर्दै दुबै जिल्ला अदालतले पललाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएका छन् । नवलपुर–तनहुँ गरिरहने पल अहिले तनहुँ प्रहरीको नियन्त्रणमा छन् ।  उनले आइतबार जिल्ला अदालत तनहुँमा बयान दिने क्रममा आफूमाथि बलात्कार नभएको र अरुको दबाब र उक्साहटमा जाहेरी दिएकोबताएकी थिइन् । पलविरुद्धको मुद्दामा अब के हुन्छ त ? केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले अधिवक्ता चन्द्रप्रसाद काफ्लेसँग कुराकानी गरेकी छन् । 

पल शाह प्रकरणमा जाहेरवालाले वकपत्र फेरेको भन्ने समाचारहरु आएका छन् । मुद्दा अब के हुन्छ ?

जायरवालीले उजुरी दिँदाका बखत लेखेको कुरामा मेल नखानेगरि वकपत्रका समय फरक कुरा बोल्यो भने त्यसप्रकारको मुद्दामा वादीको दाबी स्वतः कमजोर भएर जान्छ । किनभने जाहेरवाला भनेको पीडित पक्ष हो । पीडित पक्षले जाहेरीमा जे खेलेको छ, त्यसलाई समर्थन गरेर अदालतमा पकपत्र गर्नुपर्छ । यदि उनले जाहेरीमा एउटा कुरा लेखेको छ रअदालतमा गएर वकपत्र गर्दा होइन त्यो गरेको छैन् भनेपछि पल शाह छुट्ने बलियो सम्भावना हुन्छ । अदालतले पीडितको बकपत्रलाई महत्वपूर्ण प्रमाणको रुपमा लिन्छ । त्यस्तो अवस्थामा वादीकोदाबी कमजोर हुन्छ । वादीकोदाबी कमजोर हुने भनेको पल शाहविरुद्धको मुद्दाले फरक मोड लिएको मान्न सकिन्छ ।

 अब यो मुद्दामा पल शाह बलियो भए कि जाहेरवाली ?
होस्टाइल साक्षी कमजोरभएपछि पल शाह बलियो भएको मान्न सकिन्छ । किनकी पीडितले होस्टाइन वकपत्र गरेपछिप्रतिवादीले सफाइ पाउने स्थिति रहन्छ ।जाहेरवालीले जाहेरी दरखास्तलाई समर्थन हुनेगरिअदालतमा वकपत्र गरिदिएत्यो अवस्थामाप्रतिवादी कमजोर हुन्छन् । यद्यपि यो वकपत्रले मात्र पनि पल छुट्ने भने निश्चित भएको छैन । यो फौजदारी मुद्दा भएको हुनाले अरु प्रमाणहरुले पनि पलविरुद्धको अभियोग प्रमाणित हुन सक्छ । अन्य प्रमाण भनेको डाक्टरको रिपोर्ट, प्रत्यक्षदर्शी, पीडितको शरीरमा घाउ चोट, भजाइनल जाँचबुझ,संघर्षका चिन्हहरु हुनुपर्छ । त्यो छ छैन मिसिलबाट देखिने कुराहरु हुन् । त्यो छैन भने पनि प्रतिवादी बलियो हुन्छ । तर एउटा महत्वपूर्ण प्रमाण भनेको पीडितले जुन एफआईआरमालेखेको हुन्छ त्यो पनि हो । त्यसको विरुद्धमा उनले अदालत समक्ष वकपत्र गरेको खण्डमा प्रतिवादीले सफाइ पाउने बलियो आधार बन्न सक्छ । 

बयान फेरेको आधारमा जाहेरवालालाई कारवाही हुन्छ कि हुँदैन ?
बयान फेरेको पीडक भनेको प्रतिवादी हो । जसले अरुलाई पीडा गरेको छ, अपराध गरेको हुन्छ । पीडक भनेको अहिले पल शाह हुन् । पीडितको बयान फेरिनु भनेको एफआइआरमा लेखेको कुराको विरुद्धमा अथवा त्यसलाई खण्डन गरेर अदालतमा बकपत्र गरेको भयो । सो कारण पल शाहको पल्लाभारी हो । यसको वादी भनेको नेपाल सरकार हुन्छ । जाहेरवाला पीडित हो । प्रतिवादी पल शाह भएकाले बयान फेरेको आधारमा प्रतिवादीको स्थिति राम्रो देखिन्छ । सफाइ पाउने सम्भावना भएपनि अरु प्रमाणले अपराध गरेकै हो भनेर मिसिलबाट प्रमाण हुन्छ भने त्यो अवस्थामा जाहेरवालीलाई सजायपनि हुन सक्छ । वकपत्र फेरिँदैमामुद्दा टुङ्गिने र अदालतबाट सफाइ पाइहाल्ने भन्ने  अवस्था हुँदैन । अदालतमा बकपत्र फेरियो भने झुटो मुद्दा दर्ता गरेर अदालतको समय, अनुसन्धानमा खटिने अधिकारीको समय अनावश्यकरुपमा खर्च गरेको भन्दै सजाय हुन्छ । उनले दिएको वत्रपत्र सही छ तर अदालतमा प्रमाणित हुन सकेन भने चाहिँ उनलाई कुनै सजाय हुँदैन । 

वकपत्र परिवर्तन गरेको खण्डमा शारीरिक अवस्थाको बारेमा चेक हुन्छ कि हुँदैन ?
बलात्कार जस्तो जघन्य मुद्दामा केटीमान्छेकोशारीरिक परीक्षण गरिएकै हुन्छ । सोबाट बलात्कार हुँदाका प्रमाणहरु संकलन हुन्छन् । मुख्यरुपमाबलात्कार भनेको शारीरिक परीक्षणबाट धेरै कुरा पत्ता लाग्छ । अदालती केसमा शारीरिक परीक्षणबाट रेप भएको हो किहोइन भन्ने पत्ता लाग्छ । बयान परिवर्तन गरेपनि शारीरिक परीक्षणबाट मात्रै पनि पीडकलाई कारवाही भएका उदाहरण छन् । विशेषज्ञले जाँचेको हुन्छ । शरीरमा घाउ चोट भएको छ छैन? डाक्टरको रिपोर्टबाट आएको छ छैन ? डाक्टरले जाँचेर मात्र हुँदैन अदालतमा आएर वकपत्र गरेको हुनुपर्छ । निर्विवादरुपमा समर्थन हुने ठोस प्रमाण छन् भनेशाहले गरेको भनिएको अपराध पुष्टि हुन्छ । बयान फेर्दैमा केही हुन् । बकपत्र गर्दा झुटो कुराको वकपत्र गरेको रहेछ भने पनि मिसिलले प्रमाणित गरिदियो भने प्रतिवादीले सजाय पाउँछ ।

यसमा दुबैलाई सजाय हुने सम्भावना कत्तिको छ ?
दुबैलाई सजाय पनि हुन सक्छ । पलको अपराध प्रमाणित भयो भने पललाई र वकपत्र फेरेकोमा जाहेरवालीलाई । प्रमाणले पुष्टि गर्न सकेन भने जाहेरवालीले अदालतमा दिएको वकपत्र सही ठहर्छ फेरि । यो नेपालसरकार वादी भएको मुद्दा भएकाले यसमा मिलापत्रको सम्भावना भने हुँदैन । भौतिक प्रमाणका आधारमा पनि अदालतले फैसला गर्न सक्छ । 

Logo