हरेक मानिसमा म नायक देख्छु : रेखा थापा

हरेक मानिसमा म नायक देख्छु : रेखा थापा


नेपाली चलचित्र क्षेत्रमा एक नम्बरकी नायिका रहेको समय रेखा थापा एकाएक राजनीतिमा होमिइन्। त्यो बेलाका चर्चित नायिकाले मात्रै होइन, नेताहरुले समेत चलचित्रमा अभिनय गरेजस्तो राजनीतिमा सहज नभएको भन्दै रेखाको सो कदमप्रति असन्तुष्टि जनाए। तर उनले कदमपछि सारिनन् । 

तत्कालिन माओवादीका चुनावलक्षित सांस्कृतिक कार्यक्रममा मञ्चमा छमछम नाचेकी रेखाले एकाएक पार्टी छाडिन् । गणतन्त्र पक्षधर माओवादी छाडेर उनले राजतन्त्रको हिमायती तत्कालिन राप्रपा नेपाल रोजिन् । राजनीतिमा यूटर्न गरेकी उनको फेरि पनि आलोचना भयो । फेरि पनि हार मानिनन् । चलचित्र र राजनीतिको यो लुकामारी अनि आलोचनाबीच हिम्मतवाली रेखा थापा अहिले भने राप्रपामा छन् । गत महाधिवेशनमा महामन्त्रीमा पराजित रेखालाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् । 

राप्रपाका हरेक कार्यक्रममा पूर्वदेखि पश्चिमसम्म पुग्ने उनी अहिले चुनावी प्रचारप्रसारमा लागिपरेकी छन् । राप्रपालाई नै राजनीतिक शक्तिको विकल्प देख्ने उनै रेखा थापासँग केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले कुराकानी गरेकी छन्। 

मानिसहरुले विभिन्न पद तथा चर्चाका लागि ठूला पार्टीहरु रोजिरहेका छन्, तपाईंले किन राप्रपा रोज्नु भएको ? 

खासगरि परिवर्तनका पक्षधर जो पनि छन् । मैले ०६२/६३ सालको समयमा चाहिँ देशभरमा एक प्रकारको परिवर्तन हुन्छ होला । मजदुर, महिला, दलितले मुक्ति पाउँछन् होला भन्ने प्रकारको माओवादीको नारा चलेको थियो । वाद एकातिर छ, नेपाली जनताले सुख सुविधा पाउँछन् । जुन वर्षदेखिको एक प्रकारको क्रान्ति थियो । 

हामी शासकबाट शोषित भयौं भन्ने थियो । गणतन्त्र आएपछि जनजीवनमा परिवर्तन होला भन्ने सोच थियो । त्यसकारण म जनताको पक्षधर भएर माओवादीसँग आबद्ध भएको थिएँ । त्यहाँ बस्दा अवसर नपाएको पनि होइन । मलाई धेरै अवसर दिनु भएको थियो । तर मलाई विचारको झोला बोकेपछि त्यो झोला बेचेर यदि नेताले खान्छन् भने नेताहरुको म बन्दि बन्न चाहान्न भन्ने लाग्यो र मैले पार्टी छाडेँ । म आफ्नै विचारको त बन्दि बन्न चाहान्न । बिचारभन्दा माथि उठ्नुपर्छ भन्ने लाग्छ । लाखौं मानिसहरु पार्टीको छायाँमुनी बसेर बन्दि बनेका देखेपछि मलाई असह्य भयो । 

चाहे त्यो नेताले पार्टी बेचेर खाओस्, चाहे बिचार बेचेर खाओस् । नेताले धोका दिएपनि बिचारको बन्दि भएको एउटा होसबिहिन भएको देखिन्छ । मलाई मेरो चेतना र जागरणले देश र जनताको सेवा गर्ने राजनीति भनेको जसको कोही छैन, त्यसका लागि राजनीति हुनुपर्छ । जो पीडामा छन् , उसको कामका लागि राजनीति केन्द्रमा हुनुपर्छ । तर राजनीति कुर्सीको मात्र केन्द्रमा भएकाले म चाहिँ यो चिजको विरोधी हुँ । मेरो राजनीतिमा प्रवेश फरक किसिमको छ। राजनीतिले हरेक कुरामा परिवर्तन गर्ने सोच मेरो भएकाले मैले फरक सोच तथा जनताको खुसीका लागि म यो पार्टीमा छु । किनकी म नेपाली जनतालाई धोका दिन चाहान्नँ । 

राप्रपामा त्यस्तो खास के छ र ? 

यो पार्टीले एउटा मौलिकता बोकेको छ। आफ्नै देशको विचार बोकेको छ। म यो पार्टीमा आफूले बोलेको नपुर्याए खबरदारी गर्न सक्छु। हामीले पृथ्वीनारायण शाहलाई शिरमा राखेर हिँडेका छौं। यहाँ धोकादारी भयो भने यसमा कुनै विदेशी दलालको चपेटामा पार्टी परेको छैन । हामीले आफ्नै देश निर्माण गर्ने विधि र विधान बोकेर हिँडेका छौं ।

हामी बाहिर एउटा देखिएर भित्र अर्काे गर्ने गर्दैनौं। हामी जे बोल्छौं, त्यही गर्छौं। हामी इमान्दारका साथ काम गर्छौं । हामीलाई एकपल्ट काम गर्ने अवसर दिनुहोस् । हामीले धोका दियौं भने अर्काे निर्वाचनमा मुखै नदेखाउने गरि बनाउन जनतालाई छुट छ । 

हाम्रो पार्टीमा विदेशी चलखेल छैन। अन्य पार्टीहरु विदेशीको जालमा परिरहेका छन्। त्यो परिवन्धमा राप्रपा छैन। यहाँ खुलेर खबरदारी गर्न पाइन्छ । यो गठबन्धनको कुरा आएको छ । यिनीहरु देख्दा फरक देखिएपनि एउटै पार्टी हुन् । राप्रपाले कुनै वाद हेर्दैन । यहाँ वादभन्दा ठूला जनता छन् । यहाँ क्रान्ति गोली चलाएर ढुङ्गा हानेर हुँदैन, जनतालाई जागरण गराएर हुन्छ । मेरो सपना र राप्रपाको विचार मिल्ने भएकाले म यहाँ छु ।

पछिल्लो समय राप्रपाको धेरै चर्चा भएको छ । यो पार्टीसँग जोडिएर तपाईंको पनि चर्चा हुने गरेको छ । यसको कारण के हो ? 

म देश दौडका क्रममा पार्टी अध्यक्षसँग धेरै आमसभामा गएँ । सुनेको थिएँ, २०४६ सालको आन्दोलनमा आएको लहर जतिकै राप्रपामा पार्टी प्रवेश गर्नेको लहर चलेको छ । मानिसहरुले राप्रपाको लहरलाई त्यहि आन्दोलनको लहरसँग तुलना गर्छन् । अहिले यो पार्टीप्रति युवाको ठूलो आकर्षण र भरोसा छ । दिदीबहिनी तथा अग्रजहरुको पनि हाम्रो पार्टीलाई अगाडि बढाउने लहर चलेको छ । हुन त लहर र आकर्षणले मात्र हुँदैन । जनताहरु हाम्रो पार्टीमा एक ढिक्का हुन पनि धेरै चाहाना गर्नु भएको छ। 

महिला तथा युवाले तपाईंसँग के कुरा गर्नु हुन्छ नि ? 

मेरो एउटा छुट्टै पृष्ठभूमि छ । यसले झुट बोल्दिनँ, २१ वर्षबाट महिलाको पक्षमा मुद्धा उठाएर हिँडेको छु । महिलाहरु आफ्नै अस्तित्वमा बाँच्न र बहादुरीका साथमा आफू नायक हुँ भन्ने नभुल भन्ने शिक्षा दिएको छु । म यो पार्टीमा आएपछि उहाँहरु मेरो साथमा एउटा आश लिएर आउनु भएको छ। युवाले अध्यक्ष तथा तपाईंको कारण हामी यहाँ छौं, समेत भन्नु हुन्छ । ‘राजनीति संसारको सर्वोत्कृष्ट सेवा हुनु पर्छ। मतदाताहरु महान् नेता हुन् । जसलाई मतदाताले जिताउँछन्, उनीहरु सेवक हुनुपर्छ ।’ यो मेरो सिद्धान्त हो । 

जनताले राप्रपालाई भोट दिने आधार के हो जस्तो लाग्छ ? 

आधार धेरै छन् । हामीले स्थानीय तहमा पनि कसैसँग गठबन्धन गरेको छैन । स्थानीय तहमै आफैं मिलेमतोमा गर्नु हुन्छ भने यो अलग कुरा हो । तर पार्टीले माथिबाट गठबन्धन गर्दैन । एक सिट ल्याएपनि एक्लै लड्ने हो । त्यो एउटा आधार हो । हामी बाहिर एउटा देखिएर भित्र अर्काे गर्ने गर्दैनौं। हामी जे बोल्छौं, त्यही गर्छौं। हामी इमान्दारका साथ काम गर्छौं । हामीलाई एकपल्ट काम गर्ने अवसर दिनुहोस् । हामीले धोका दियौं भने अर्काे निर्वाचनमा मुखै नदेखाउने गरि बनाउन जनतालाई छुट छ । 

राप्रपाले दुईतिरको गठबन्धनलाई हराउन सक्ला त ?

यो पटकको निर्वाचनमा मेरो पक्षमा यति आउँछ, उसको पक्षमा यति भनेर हिसाब राख्नेले फेल खानेवाला छ । मतदाता ठूला दलबाट निराश छन् । हामीले गणतन्त्रको व्यवस्था स्वीकार गरेका थियौं । बहुमत ल्याएका पार्टीको खाका देखेर जनता निराश छन् । १० वर्ष जनयुद्ध गरेको एउटै मात्र परिवारलाई नेतृत्वमा ल्याउन होइन । हिजो जनआन्दोलनमा हिँडेका मानिसको मनमा के गुञ्जिएको होला । यो व्यवस्थाभन्दा राजतन्त्रै ठिक छ भन्ने जनतालाई लागेको छ । यो व्यवस्था व्यक्तिको लागि मात्र ल्याएको होइन । त्यो भएको कारण यो पटक नसोचेको नतिजा आउनेवाला छ । 

गठबन्धन र तालमेलका कारण राप्रपालाई ठाउँमा पुग्न चुनौती छ । उनीहरु बलियो छन्, राप्रपालाई त्यसले असर गर्ला नि ? 

तत्काल असर पारे पारोस् तर दीर्घकालिनरुपमा पार्टी हुनुपर्छ भने पहिले एउटा  झण्डा बोकेर हिँड्ने अनि मत माग्ने बेलामा सबै एक ठाउँ आएर नेपाली जनता ठग्ने काम गर्दैनौं । राजनीतिको नाममा व्यापार गर्दैनौं । यो बेला हामी हाम्रो एजेण्डा र निष्ठाप्रति अडिक छौं । सिद्धान्त बेचेर हामी हिँड्न चाहँदैनौं । यो पल्ट जनताले हामीलाई चुन्नु हुनेछ भन्ने विश्वास छ।

Logo