हार्मोनयुक्त औषधिले कोरोना भाइरस शरीरमा बढ्ने क्रम रोक्न सक्छ

हार्मोनयुक्त औषधिले कोरोना भाइरस शरीरमा बढ्ने क्रम रोक्न सक्छ


पछिल्लो डेढ वर्षदेखि संसारका सबै चिकित्सा पद्धति कोभिड–१९ को उपचार खोज्नमा तल्लिन छन् । तर, हालसम्म पनि उल्लेखित सफलता भने प्राप्त भएको छैन। भ्याक्सिनमा धेरै हदसम्म सफल भएपनि औषधिको मामिलामा भने खासै प्रगति भएको पाइएको छैन। 

हालै गरिएको एक अध्ययनमा हारमोन नियन्त्रण गर्ने औषधि कोभिड–१९ को उपचारमा लाभदायक हुने देखिएको छ। 

युनिभर्सिटी अफ पेन्सलभानियाको अब्रामसन क्यान्सर सेन्टरका शोधकर्ताको नयाँ प्रि–क्लिनिकल अध्ययनमा एन्टी एन्ड्रोजन औषधिले ती विशेष रिसेप्टरलाई नष्ट गर्ने पाइयो, जुन मानव कोशिकामा भाइरल हमला गर्न जरुरी रहन्छ । हार्मोन युक्त औषधिले एन्ड्रोजनको स्तर कम गरिदिन्छ जसले कोरोना भाइरसको स्पाइक प्रोटिन कम गर्नमा मद्दत गर्छ। 

सामान्यतया भाइरसले स्पाइक प्रोटिनलाई समातेर कोशिका संक्रमित गर्ने काम गर्छ। सेल प्रेसको आइसाइन्स अनलाइनमा प्रकाशित शोधले यस्ता किसिमका हार्मोनयुक्त औषधिले यस प्रकारले कोभिड–१९ को बिमारी बढ्नबाट नियन्त्रित गर्छ । शोधकर्ताले कसरी ACE 2 तथा TMPRSS 2 नामक दुई रिसेप्टर एन्ड्रोजन हार्मोनबाट नियन्त्रित हुने गर्छ। 

ACE 2 तथा TMPRSS 2 रिसेप्टरको उपयोग गरेर नै सार्स कोभ 2 कोशिकामा प्रवेश गर्न सफल हुन्छ । चिकित्सकीय रुपमा प्रमाणित इनहिबिटर केमोस्टेट तथा अर्को एन्टी एन्ड्रोजन थेरापीले उक्त रिसेप्टरलाई रोकेर भाइरस प्रवेश तथा उसको प्रतिकृति निर्माण गर्नमा रोक्ने गर्छ।

यस शोधबाट भाइरसको बारेमा आणविकस्तरमा जानकारी प्राप्त हुनुका साथै कोभिड–१९ को उपचारका लागि एन्टी एन्ड्रोजन थेरापीको प्रयोग गर्नमा पनि समर्थन प्राप्त हुन्छ। तर, यो थेरापी भने हाल क्लिनिकल ट्रायलको स्तरमा रहेको छ । जसले आशावादी नतिजा भने दिएको छ। 

एन्ड्रोजनलाई मानवको वृद्धि तथा प्रजननका लागि मूख्य जिम्मेवार मानिन्छ। सामान्यतया यसलाई पुरुष हार्मोन पनि भनिने गर्छ । तर, यो मेरुदण्ड हुने भाले तथा पोथी दुवै जीवमा पाइन्छ। यसले मुख्यतया पुरुष गुणलाई कायम राख्न मद्दत गर्छ । टेस्टोस्टोरेनलाई एक प्रमुख एन्ड्रोजन मानिन्छ। जाँचमा कोभिड–१९ को बिरामी महिला भन्दा पुरुषमा गम्भिर रुपमा भेटिनुलाई पनि यसको कारण मानिन्छ। 

शोधकर्ताका अनुसार एन्ड्रोजन नियन्त्रण गर्ने TMPRSS 2 रिसेप्टरको साथ ACE 2 लाई पनि यस हार्मोनले सिधा नियन्त्रण गर्ने गर्छ। उनले यो पनि बताए कि सार्स कोभ–2 स्पाइक यिनै दुई रिसेप्टरमा निर्भर रहन्छ। जसलाई हालको औषधिले नियन्त्रण गर्न सक्छ। 

शोधकर्ताले यस विषयमा अधिक शोध गर्न समेत चाहेका छन्। उनीहरुले हालसम्मको मात्र प्रयोग गरेका थिए जसमा भाइरसको स्पाइक प्रोटिन त हुन्छ तर, उसको जिनोममा भने होइन। यसकारण उनीहरुले अब अन्य शोधकर्ताको साथमा मिलेर जीवित सार्स कोभ–2 माथि एन्टी एन्ड्रोजन थेरापीको क्षमतामाथि गहिरो शोध गर्न चाहिरहेका छन्।  

Logo