वैज्ञानिकहरूकाे अनुसन्धानले भन्छ, ‘पुरुषभन्दा महिला धेरै रून्छन्’

वैज्ञानिकहरूकाे अनुसन्धानले भन्छ, ‘पुरुषभन्दा महिला धेरै रून्छन्’


भनिन्छ, महिलाहरुको मन धेरै कोमलो हुन्छ। उनीहरु खुसी हुँदा होस् या दुःखी हुँदा आँसु खसालीहाल्छन् । तर महिलाहरुको किन यति चाँडो आँसु खस्छ? त्यसो त प्याज काट्दा आँसु किन आउँछ, गोहीले पनि किन आँसु बगाउँछ भन्ने प्रश्न तपाईंमा उठ्नु स्वभाविक हो। जब तपाईंलाई कारण थाहा हुनेछ तब तपाईं आश्चर्यमा पर्नु हुनेछ।

महिला पुरुषको तुलनामा बढी रुन्छन्। महिलाको आँसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ। यिनको बनावट पनि अलग अलग हुन्छ। यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ। द टेलीग्राफमा प्रकाशित जर्मन शोधमा यो कुरा उल्लेख गरिएको छ।

शोधकर्ताहरुले भनेका छन्, महिलाको आँखामा आँशु एक महिनामा करीब ५.३ पटक आउँछ, जबकि पुरुषको आँखामा १.४ पटक मात्र आउँछ। एक पटकमा महिला ६ मिनेटसम्म रुन्छन्। तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ।

त्यसैगरी प्याज काट्दा आँसु आउनुको कारण प्याजबाट आउने सिन-प्रोपेनिथियल-एस-अक्साइड हो। यसले हाम्रो लैक्रिमल ग्ल्याण्डमा असर गर्छ र आँसु आउन सुरु हुन्छ।

रुँदा आँखाबाट आँसु मात्र होइन नाकबाट सिंगान पनि आँउछ। त्यसो हुनुको कारण चाहिँ आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्नु हो। आँसु बढी आएमा श्वास नलिमा प्रवेश गर्छ र नाकबाट सिंगान बग्न सुरु हुन्छ।

यूनिभर्सिटी अफ फ्लोरिडाका वैज्ञानिकहरुका अनुसार गोहीको आँखाबाट आँसु आउनुको कारण गोही रुनु होइन। उनीहरुका अनुसार गोहीको आँखाबाट २४ सै घण्टा आँसु आँउछ र यसकाे कारण उसको आँखाको बनोट हो।एजेन्सी

Logo