नेप्से परिसूचकमा आज पनि नयाँ कीर्तिमान

नेप्से परिसूचकमा आज पनि नयाँ कीर्तिमान


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज पनि उच्च रेकर्ड राखेको छ । नेप्से आज दुई हजार अंकभन्दा माथि पुगेर रेकर्ड राखेको हो ।

आज नेप्से परिसूचकले २ हजार २८ अंक कायम गरेर फेरि ओरालो लागेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो।

आज कारोबार शुरु भए लगत्तै उकालो लागेको नेप्सेमा दिउसो १ बजे सम्म चार अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ ।

Logo