एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र प्रादेशिक तथा उपप्रादेशिक तहमा

एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र प्रादेशिक तथा उपप्रादेशिक तहमा


काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहक महानुभावहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहक महानुभावले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्नेछन् ।

प्रदेश १ मा रहनु भएका ग्राहक महानुभावले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नेछन् । यसैगरी विराटनगरसहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकहरुले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्नेछन् । यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहक महानुभावले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् , जसका लागि बैंकले देहाएका ग्राहक सहायता केन्द्रहरु स्थापना गरेको छ ।

प्रदेश नं. १

यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबाट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत सकिनेछ ।

Logo