को बन्छ करोडपति मा विराटनगरका राजिवले जिते १ करोड !

को बन्छ करोडपति मा विराटनगरका राजिवले जिते १ करोड !


काठमाडौं,
एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो को बन्छ करोडपति मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको को बन्छ करोडपतिको ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको सही जवाफ दिएर १ करोड जितेका हुन् । यसअघि उनले अघिल्लो हप्ता ४१ औं अंकमा १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको को बन्छ करोडपतिमा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन् ।

२००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।
अन्नपूर्णबाट

Logo