ऋषि कपुर अहिले आफ्नो परिवारसँग अमेरिकामा उपचार गराईरहेका छन् । यसैबिच उनले सोसल मिडियामा एक फोटो पोस्ट गरेका छन् । जसमा उनको कपाल सेतो फुलेको देखिएको छ । त्यसपछि उनको फ्यान चिन्तित भए क्यान्सरको कारण उनको कपाल रातारात सेतो भयो । जसको जवाफ दिदैँ ऋषि कपूरले भने– ‘होइन डाई गरेको हो ।’
फिल्मको लागि डाई गरे कपाल
सोसल मिडियामा क्यान्सरको कारण ऋषि कपूरको सेतो भएको भन्ने अपवाह फैलिएपछि उनले ट्वीट गरेर भनेका छन्, ‘यो सबै अफवाह मेटाउनको लागि हो’ जसमा भनिएको छ, ‘मेरो कपाल रातारात सेतो भएको छ । अवान कन्ट्रेक्टरले डाई गरेका हुन् । जुन एक फिल्मको लागि हो । यस आटाइटल्ड फिल्मको हनी त्रेहान प्रोड्युस र हितेश भाटिया डाइरेक्ट गरिरहेका छन् । भरोसा छ सबैथोक साफ हुनेछ ।’
२९ सेप्टेम्बर देखि अमेरिकामा छन् ऋषि
ऋषि कपूर २९ सेप्टेम्बर देखि अमेरिकामा उपचार गर्दैछन् । यसैबिच उनको आमा कृष्णा कपूरको कार्डियाक अट्याकबाट निधन भयो । तर उनी अन्तिम विदाई गर्न पनि आउन सकेनन् । त्यसपछि सोसल मिडियामा उनलाई तेस्रो स्टेजको क्यान्सर भएको अनुमान लगाउन थालियो । यसबारे बोल्दै उनको दाई रणधिर कपूरले भने– ‘अझैसम्म डाक्टरले उनको टेस्ट गरेको छैन् । यस्तोमा क्यान्सरको कुरा अवफाह हो ।’





























प्रतिक्रिया