पेन्टिङ र तस्बिरको सजावटले घरको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । तर कमैलाई मात्र थाहा हुन्छ कुनै तस्बिरले घरमा सकारात्मक उर्जा दिनुको सट्टा नकारात्मक उर्जा दिईरहेको हुन्छ । यदि तपाईको घर–परिवारमा खुशीको माहोल बनाई राख्न चाहनुहुन्छ भने यी तस्बिरहरु भुलेर पनि नराख्नुहोस् ।
१. युद्धको तस्बिर

भुलेर पनि घरमा महाभारतको युद्धको तस्बिर नलगाउनुहोस् । यस तस्बिरबाट नेगेटिभ इनर्जी आँउछ । जसकारण तपाईको दाम्पत्य जीवनमा नराम्रो असर पर्छ । यसको साथै घरमा सधैं कलह हुन्छ ।
२.डुब्दै गरेको जहाजको तस्बिरः
-ll.jpg)
घरमा डुब्दै गरेको जहाजको तस्बिर लगाउनबाट बच्नुपर्छ । यो तस्बिर वास्तुुको अनुसार अशुभ मानिन्छ । यस तस्बिरले घरको सदस्यबीच तनाव बढाँउछ ।
३.हिंस्रक जनावरको तस्बिरः

कहिल्यै पनि घरमा कुनै पनि प्रकारको हिंस्रक जनावरहरुको तस्बिर या पेन्टिङ नलगाउनु नै राम्रो हुन्छ । यसले घरमा अशान्ति फैलिन्छ ।
४.लहरहरु र डुंगाः

धेरैजसोको घरको भित्तामा लहरहरुमा डगमगाईरहेको डुंगाको तस्बिर लगाइएको देखिन्छ । यस्तो तस्बिर वास्तुको अनुसार अशुभ मानिन्छ । यस्तो तस्बिर घरमा राख्दा हरेक काममा बाधा उत्पन्न हुन्छ, र घर परिवारमा तनाव बढ्छ ।
५. डुब्दै गरेको घामः

डुब्दै गरेको घामको तस्बिर प्राय सबैको घरको भित्तामा देख्न सकिन्छ । तर घरमा डुब्दै गरेको घामको तस्बिर राख्नु राम्रो हुँदैन । यसबाट काममा सफलता पाउनुको सट्टा असफलता पाइन्छ ।





























प्रतिक्रिया