शारीरिक सम्बन्ध राख्नु अगाडी युवती के गर्छिन्

शारीरिक सम्बन्ध राख्नु अगाडी युवती के गर्छिन्

केन्द्रबिन्दु
0
Shares

युवा अवस्थामा शारीरिक सम्बन्ध हुनु अहिलेको समयमा सामान्य क्रियाकलाप भैसकेको छ । युवा अवस्थामा शारीरिक सम्बन्ध अचानक हुने देखिएपनि कतिपय अवस्थामा शारीरिक सम्बन्धकै लागि तयारी पनि भैरहेको हुन्छ । अझ युवतीहरु शारीरिक सम्बन्धका लागि मानसिक रुपमा तयार हुन्छन् अनि मात्र उनीहरु शारीरिक सम्बन्धका लागि राजी भएका हुन्छन् । जून कुरा पुरुष र अरुहरुका लागि अचानक भएको जस्तो देखिन्छ ।

युवतीहरु शारीरिक सम्बन्धका लागि तयार भएपछि उनीहरु धेरै किसिमका कार्यहरु गरिरहेका हुन्छन् । जून कार्य अरु युवतीले गरेपनि उनीहरु त्यो कुरालाई अरुलाई बताउनै सक्दैनन् । शारीरिक सम्बन्ध राख्नु भन्दा अगाडी युवतीले के के गर्छन् भन्ने कुरालाई यौन विशेषज्ञहरुले सुक्ष्म रुपमा हेरेर सार्वजनिक गरेका छन् ।

भित्री बस्त्र के लगाउ भन्ने:
आफ्नो प्रेमीसंग शारीरिक सम्बन्धको कार्यक्रम बनाएपछि युवतीहरुको ध्यान भनेको भित्री बस्त्र (ब्रा /पेन्टी) कस्तो लगाउने होला भन्ने हुन्छ । उनीहरुको चाहना भनेको प्रेमीले आफ्नो ब्रा र पेन्टी हेरेर उत्तेजित होस् भन्ने चाहन्छन् । यसमा उनीहरु रंगमा पनि ध्यान दिने गर्छन् । उनीहरुको रंगको छनोट भनेको भद्धा भन्दा पनि शालिन रंगमा हुने गर्छ ।

घन्टौ बिताउछन् बाथरुममा
शारीरिक सम्बन्ध राख्ने योजना बनाएपछि युवतीहरु बाथरुममा घन्टौ बिताउछन् । यसरी विताउदा उनीहरु शरीरलाई आकर्षक देखाउन शरीरका नचाहिने भागका रौंहरु हटाउन वाक्सिङ, सेभिङ, थ्रेडिङ, प्लर्किङ आदी गरेर संवेदनशिल अंगहरुलाई आकर्षक बनाउछन् । कतिपय अवस्थामा उनीहरु आफ्ना प्रेमीलाई पनि यौनाङहरु सफा राख्न भन्छन् ।

गन्ध परिक्षण गर्ने
शारीरिक सम्बन्धको योजना बनाएपछि युवतीहरु आफ्नो शरीरवाट कुनै किसिमको दुर्गन्ध नआओस् भन्ने कुरामा निकै सचेत हुन्छन् । उनीहरु यसका लागि परफ्युम पनि लगाउने गर्छन् ।

सुरक्षित शारीरिक सम्बन्ध होस्
शारीरिक सम्बन्ध राख्ने मनस्थितीमा पुगेपछि युवतीहरु सुरक्षित यौन सम्पर्क होस् भन्ने नै चाहन्छन् । उनीहरु सकभर प्रेमीले कण्डमको प्रयोग गरोस् भन्ने नै चाहन्छन् । उनीहरु आफैं पनि गर्भ निरोधक औषधि खाने र गर्भधारण भएमा के गर्ने होला भन्ने त्रासमा रहने गर्छन् ।

पेट घटाउन थाल्छन्
प्रेमीसंग कुनै दिन शारीरिक सम्बन्ध राख्ने योजना बनाएपछि उनीहरु आफ्नो पेट ठुलो देखियोस् भन्ने कुरा कदापि चाहदैनन् । योजना बने देखिन् नै उनीहरु डाईटिङमा सक्रिय हुन थाल्छन् । सम्बन्ध राख्ने दिनमा कतिपय युवतीहरु डायटमा समेत बस्ने गर्छन् ।

वाशरुम पहिलै जाने
शारीरिक सम्बन्ध राख्नु भन्दा अगाडी गरिने पाकक्रिडाको समय लामो हुदाँ कतिपय जोडी विचमै उठेर वाशरुम जाने गर्छन् । यस्तो अवस्थामा एउटा लयमा गैरहेको पाकक्रिडामा ब्रेक लाग्छ । त्यसैले युवतीहरु पाकक्रिडामा जानु भन्दा अगाडीनै वाशरुममा गएर फर्किन चाहन्छन् ।

 

Logo