जन्मसँगै हामीले मृत्यु लिएर आएका हुन्छौं । जन्मपछि मृत्यु आवश्य हुन्छ । मृत्यु कस्तो हुन्छ ? मृत्युपछि के हुन्छ ? यसबारे भने हामीलाई थाहा छैन । "/>

मृत्युको यस्तो रहस्य, तपाईलाई थाहा नहुन सक्छ

मृत्युको यस्तो रहस्य, तपाईलाई थाहा नहुन सक्छ

केन्द्रबिन्दु
21
Shares

जन्मसँगै हामीले मृत्यु लिएर आएका हुन्छौं । जन्मपछि मृत्यु आवश्य हुन्छ । मृत्यु कस्तो हुन्छ ? मृत्युपछि के हुन्छ ? यसबारे भने हामीलाई थाहा छैन । किनभने मृत्युको अनुभव हामी सबैले गर्नैपर्छ । तर त्यो अनुभव सुनाउने मौका हुँदैन ।

जन्मपछि मृत्यु हुन्छ भन्ने जानेर पनि हामी मृत्युसँग डराउँछौं । मृत्युलाई विर्सिएर रमाउने कोशिस गर्छौं । मृत्यु आफैमा ठूलो रहस्य हो । यसका केही रहस्य भने उद्घाटित भएका छन् ।

– यदि कसैको शीर काटियो भने त्यो २० सेकेन्डसम्म जिउँदो रहन्छ । तर कुनै व्यक्तिको टाउकोमा गोली हानियो भने तुरुन्तै मृत्यु हुन्छ ।

– बिहान ३ देखि ४ बजेको समयमा शरीर सबैभन्दा बढी कमजोर हुन्छ । त्यसैले धेरैजसो मानिसहरु यही समयमा मर्ने गर्छन् ।

– करिब १,५९६३५ मानिसको मृत्यु त्यसै दिन हुन्छ, जुन दिन तपाईको पनि हुन्छ ।

– धर्तीको तुलनामा पानीमा शव चार गुणा छिटो सड्छ ।

– चिकित्सकको खराब प्रेस्किप्सनको कारण हरेक बर्ष औसत सात हजार जनाको मृत्यु हुन्छ ।

– कुनैपनि व्यक्तिको मृत्यु बुढ्यौलीले होइन, बरु बुढ्यौलीमा हुने रोगले हुन्छ ।

– जुन रोगको सजिलै उपचार गर्न सकिन्छ, त्यही रोगबाट पनि हरेक बर्ष औसत चार लाख मान्छेको मृत्यु हुन्छ ।

– मरेको मान्छेलाई तीन लाख सालदेखि नै जलाउँदै आइएको छ ।

– पहिलो विश्वयुद्धमा चार करोड र दोस्रो विश्वयुद्धमा ६ करोड मानिस मारिएका थिए ।

– हरेक बर्ष एक सय पचास बढी मान्छेको मृत्यु टाउकोमा नरिवलले लागेर हुने गर्छ ।

Logo