अष्ट्रेलियाको प्रहरीले केही समयअघि एक १२ बर्षिय बच्चालाई गिरफ्तार ग-यो । यस बच्चाले आफ्नो आमाबुबाको क्रेडिट कार्ड चोरी इन्डोनेसिया गएका थिए । इन्डोनेसिायको बाली द्वीपमा यस बच्चाले क्रेडिट कार्डको मद्दतले चार दिन रिसोर्टमा बिताए ।
उक्त बच्चा सिड्नीस्थित आफ्नो घरबाट भागेका थिए । आमासँग झगडा गरेपछि उनी भागेको प्रहरीले जनाएको छ । झगडापछि उनी पहिला पर्थ गए । त्यसपछि त्यहीबाट उनले बालीको फ्लाइट समाते ।
बच्चाकी आमाले एक टेलिभिजनमा अन्र्तवार्ता दिदै भनेकी छिन्, ‘उनलाई हुँदैन भन्ने सुन्न रुची लाग्दैनथ्यो । त्यही कारण उनी हामीसँग झगडा गरेर घरबाट भाग्यो ।’ बच्चालाई एयर ट्राभलमा नियन्त्रण नगर्दा पनि यस्तो भएको उनको गुनासो छ ।
यसअघि बच्चाको परिवार बिदा मनाउन बाली गइसकेको थियो । बच्चाले यसअघि पनि बालीको फ्लाइट बुक गर्ने कोसिस गरेका थिए । तर एयरलाइन्सले अस्विकार गरेको थियो ।
बच्चाले चार दिन बालीमा बिताउने क्रममा ८ हजार ५१ अमेरिकी डलर खर्च गरेको देखिन्छ ।
त्यहाँ उनले स्कुटर भाडामा लिएको, बियर पिएको बिल छ । अष्ट्रेलियामा १२ बर्षको बच्चाका लागि एयर ट्राभलका लागि आमाबुबा वा कुनै अभिभावको चिठी आवश्यक पर्दैन ।





























प्रतिक्रिया