सुन्दर देखिने चाहना कसलाई पो नहोला र ? आफुलाई सुन्दर देखाउन धेरै ब्यक्तिहरुले विभिन्न किसिमका उपायहरु अपनाईरहेका हुन्छन् । कोही महंगो बिदेशी प्रसाधन प्रयोग गर्छन् भने कोही स्वदेशी । यो वाहेक ब्यूटिपार्लमा नियमित जानेहरु पनि प्रशस्तै रहेका छन् । यि सबै कार्यहरु गर्दा कतिपयलाई पैसा धेरै खर्च भैरहेको तर सोचे अनुसार अनुहार सुन्दर हुन नसकेको आभाष पनि हुने गर्छ ।
यस्तो अवस्थामा तपाईहरुले केही सामान्य घरेलु उपायद्धारा पनि आफ्नो सौन्दर्य बढाउन सक्नुहुन्छ । यि उपायहरु अपनाउदा तपाईको कम पैसा जानुका साथै सुन्दरता पनि धेरै नै बढाउन सक्छन् । यसरी सौन्दर्य बढाउने अधिकांश सामग्रीहरु तपाईकै भान्छामै रहेका पनि हुन्छन् ।
ब्ल्याकहैड्स हटाउने उपाय: अधिकांश ब्यक्तिहरुको नाकको दायाँवायाँ भागमा स–सानो कालो खिलहरु रहेका हुन्छन् । यि खिलहरुलाई निकाल्न धेरै झन्झटिलो हुनुका साथै निकाल्न पिडादायक पनि हुन्छ । यस्तो ब्ल्याकहैड्सलाई निकाल्नका लागि धनियाँ र बेसारको प्याक लगाएमा धेरै नै कम हुन्छ । धनियाँको काम भनेको फोहोर सफा गर्नु पनि हो भने बेसारले छालावाट निस्कने तेललाई सोस्ने काम पनि गर्छ । धनियाँको पातलाई सिलौटामा पिनेर पेष्ट बनाउने त्यसमा दुई चिया चम्चा बेसारको धुलो हाल्ने । दुबैलाई मज्जाले मोलेर पेष्ट बनाउने । यो पेष्टलाई अनुहारमा लगाएर राती सुत्ने । बिहान उठेपछि चिसो पानीले मुहारलाई धुने गर्नुपर्छ । यो कार्यलाई केही दिनसम्म नियमित रुपमा गरेमा नाकमा रहेको ब्ल्याकहेड्सहरु हट्दै जान्छ ।
नेचुरल स्याम्पु: कपालको सौन्दर्य बढाउने उपाय पनि तपाईको भान्छामै रहेको छ । एक कप पानीमा एक चौथाई एप्पल स्लाईडर (स्याउको भिनेगर) मिसाउने । कपाललाई धुने बेलामा यो घोललाई स्याम्पुको रुपमा प्रयोग गर्दा तपाईको कपाल पहिलाको भन्दा बढी चम्किलो हुन्छ भने यसले कपालले आफुलाई चहिने पौष्टिक तत्व पनि प्राप्त गर्छ ।
नेचुरल कण्डिसन: कपाल महिला र पुरुष दुबैलाई सौन्दर्यता देखाउने मुख्य बस्तुको रुपमा रहेको छ । यदी तपाई आफ्नो कपाल चम्किलो देखाउन चाहनु हुन्छ भने एभोकाडोको प्रयोग पनि गर्न सक्नुहुन्छ । अण्डाको पहेलो भागमा एक चम्चा मह मिलाउनुस्, त्यसमा एक चम्चा एभोकाडोको तेल हाल्नुस् र एक चौथाई भाग एभोकाडोलाई पिनेर त्यसमा मिलाउनु होस् । यि सबै बस्तुहरुलाई मिसाएपछि एउटा लेप तयार हुन्छ । यो लेपलाई कपालमा लगाएर १५ देखि २० मिनेट त्यत्तिनै बस्नुहोस् । अनि चिसो पानीले कपाल पखाल्नुहोस् । अनि होर्नुहोस् तपाईको कपाल पहिलाको भन्दा कति बढी चम्किएछ भनेर ।
नेचुरल फेसप्याक: आधा चम्चा चन्दनको पाउडरमा एक चिम्टि बेसार र दुई चम्चा मुल्तानी माटो हालेर मिलाउने । त्यसमा आधा चम्चा कगातीको रस हाल्ने र थोरै पानी हालेर पेष्ट बनाउने । उक्त पेष्टलाई अनुहारको छालामा लेप लगाउने । केही समय राखेर चिसो पानीले धुले । यो कार्य गर्दा मुल्तानी माटोले छालालाई सफा गर्छ भने बेसारले छालाको चिल्लोपनलाई सोसेर छालालाई चाहिने पोषक तत्व पनि दिन्छ ।





























प्रतिक्रिया