दाँत नमाझ्दा के हुन्छ ?

दाँत नमाझ्दा के हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

धेरै मानिसको दैनिकी दाँत ब्रस गरेर सुरु भने दिनको समापन पनि दाँतको ब्रस गरेरै हुन्छ । नेपालका परिप्रेक्षमा हेर्ने हो भने शहरी क्षेत्रमा धेरैले ब्रस गरेपनि ग्रामीण क्षेत्रमा ब्रस गर्नुपर्छ भन्ने जनचेतना निकै कम मात्रामा रहेको छ । हाम्रो जस्तो देशमा दाँतलाई चम्किलो बनाउन र किराको आक्रमणवाट बचाउनका लागि दाँत माझ्नुपर्छ भन्ने मान्यता रहेको छ । हालै भएको एक खोजले दाँत ब्रस नगर्दा हुने गम्भीर रोगबारे नयाँ तथ्य पत्ता लगाएको छ ।

यदि दाँत नमाझ्ने हो भने मुखमा उत्पन्न हुने ब्याक्टेरिया फुड पाइपमा पुग्छ र फुड पाइप क्यान्सरको खतरा बढ्दै जान्छ । न्युयोर्क युनिभर्सिटी अन्तर्गतको मेडिसिन विभागका प्रोफेसरहरूले गरेको खोजअनुसार दाँतमा लाग्ने ब्याक्टेरियाले क्याबिटी र माइक्रोबायोटा निर्माण गर्छ । ती जीवाणु फुड पाइप क्यान्सरका लागि निकै खतरनाक मानिन्छन् । अनि मानिसमा फुड पाइप क्यान्सर लाग्न सक्ने सम्भावना बढी हुन सक्छ ।

के हो फुड पाइप क्यान्सर ? 

अनुसन्धान अनुसार फुड पाइपको क्यान्सर आठौँ किसिमको सामान्य क्यान्सर हो । क्यान्सरबाट मृत्यु हुनेमध्ये छैटौँ स्थानमा यस क्यान्सरबाट हुने गरेको छ । खतरनाक स्टेजमा नपुगुन्जेल यस क्यान्सरबारे मान्छेलाई पत्तै हुँदैन । यो क्यान्सर लागेपछि मानिस पाँच वर्ष बाँच्ने सम्भावनासमेत १५ देखि २५ प्रतिशतसम्म मात्र हुन्छ । यो निकै घातक क्यान्सर भएको प्रोफेसरहरूले बताएका छन् ।

Logo