भ्यालेनटाइन डेलाई स्मरणिय बनाउन के गर्ने ? काइदा धेरै छन् । जस्तो कि–मेकअप । प्रेम व्यक्त गर्ने यो पनि एउटा तरिका हुनसक्छ । "/>

भ्यालनेटाइनलाई विशेष बनाउन कस्तो मेकअप गर्ने ? { विस्तृतमा }

भ्यालनेटाइनलाई विशेष बनाउन कस्तो मेकअप गर्ने ? { विस्तृतमा }

केन्द्रबिन्दु
0
Shares

भ्यालेनटाइन डेलाई स्मरणिय बनाउन के गर्ने ? काइदा धेरै छन् । जस्तो कि–मेकअप । प्रेम व्यक्त गर्ने यो पनि एउटा तरिका हुनसक्छ । त्यसैले भ्यालेनटाइन डेका लागि विशेष किसिमको मेकअप गरेर आफ्नो पार्टनरलई रोमाञ्चित तुल्याउन सकिन्छ । भ्यालनेटाइनलाई विशेष बनाउन कस्तो मेकअप गर्ने त ?

अहिले युवतीहरु हेभी मेकअपमा पनि प्राकृतिक लुक्स खोज्न थालेका छन् । यस किसिमको मेकअपले हरेकको आँखालाई सजिलै आकर्षित गर्छ । यसका साथै अनुहारमा फरक चमक पनि दिन्छ । यसैलाई मध्यनजर गर्दै सौन्दर्य प्रसाधन कम्पनीले बजारमा फाउन्डेसनदेखि नेलपोलिससम्म नेचुरल शेडमा उपलव्ध गराएको छ ।

आफ्नो छालासँग मिल्ने फाउनडेसन प्रयोग गरौं । मेकअपको आधार सहि भएमा मेकअप प्राकृतिक देखिन्छ । केक, लिक्विड र पाउडर फाउनडेसन उपलव्ध हुन्छ । यदि तपाई घामका धेरै वस्नुहुन्छ भने, एसपिएफयुक्त फाउनडेसनको प्रयोग गर्नुपर्छ । यसले गर्दा घामको किरणले छालालाई हानी पु-याउँदैन ।

लिक्विड फाउन्डेसन– फाउडर फाउन्डेसन प्रयोग गरौं । यसमा हाइड्रेटिङ वा स्टेन फिनिश लिक्वड फाउन्डेसन लगाइदिनुपर्छ ।

पाउडर टच

अनुहारमा लाइट पाउडर आइ स्याडो प्रयोग गरौं ।

आइ पेन्सिल

कम उमेरकी युवतीले यदि आइ लाइनर प्रयोग गर्न नचाहेमा, कलरफुल पेन्सिल लगाउन सक्छन् । अहिले दुई रंगको आइ पेन्सिल लगाउने चलन पनि छ ।

स्पेशल लिप कलर

अनुहारलाई तुरुन्तै फ्रेस देखाउनका लागि आफ्नो लिपस्टिकको रंग बदल्नुपर्छ । यदि नेचुरल रंगको लिपस्टिक लगाइरहेको हो भने लिपकलर रुल छाडेर रेड शेड्स प्रयोग गरौं । सजिलै बनाउन सकिने हेयर स्टाइल बनाएर रेड लिपस्टिक लगाउनु पर्छ, लुक्स फरक देखिन्छ ।

प्योर ब्राउन शेड्स

यदि आँखामा ब्राउन आइ स्याडो लगाउने सोच बनाउनु भएको छ भने त्यसलाई त्याग्नुहोस् । यसमा पहिलो वा रातो रंगको केहि अंश हुन्छ, जसले आँखालाई थाकेको देखाउँछ ।

Logo