कसरी राख्ने प्रेम प्रस्ताव ?
हुन त प्रेम आफुले मात्र चाहेर हुने कुरा होइन । दुबैले एकअर्कालाई मन पराउनुपर्छ । एकआर्कालाई रुचाउनुपर्छ । एकअर्कालाई स्विकार्नुपर्छ । तर, यो बिन्दुसम्म आइपुग्नका लागि केहि चरण छन् ।
किनभने कसैलाई देख्नसाथ वा मन पराउनसाथ दुबैको मन मिलिहाल्छ भन्ने छैन । दुबैले एकअर्कालाई स्विकार्छ भन्ने छैन । यसका लागि कसै न कसैले पहल गर्नुपर्छ । अर्थात आफुले मन पराएका साथीलाई आकर्षित गर्नु पर्छ । त्यसैले पहिलो चरण हो, आफुले मन पराएको साथीलाई आफुतर्फ आकृष्ट गर्नु ।
आफुले जसलाई मन पराइन्छ, उसको भावना बुझ्नुपर्छ । सोझौ आइ लभ यु भन्न सुहाउँदैन । वा आइ लभ यु भन्दैमा कसैसँग लभ पर्ने पनि होइन । त्यसैले आफुले मन पराएका युवक/युवतीलाई प्रस्ताव राख्नुअघि उनको मन जित्नु आवश्यक छ ।
कसरी आकर्षित गर्ने ?
–आफुले मन पराएका युवक/युवतीले अरु कसैलाई मन पराएको छ÷छैन ? वुझ्नुपर्छ । यदि उनको कुनै पार्टनर छैन भने मात्र आफुले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ ।
–सुरुमा उनको भावनालाई वुझ्ने प्रयास गर्नुपर्छ । उनलाई कसरी प्रभावित वनाउन सकिन्छ, त्यही किसिमको व्यवहार प्रदर्शन गर्नुपर्छ ।
–सभ्य ढंगले उनीस“गको सामिप्यता वढाउनुपर्छ । साथै आफुले उनलाई ‘केयर गरिरहेको’ आभाष दिलाउनुपर्छ ।
–जव उनी आफुप्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तव मात्र प्रेम प्रस्ताव राख्न सकिन्छ । यद्यपी प्रस्ताव राख्दा ठाडै ‘आइ लभ यु’ भन्नु उपयुक्त हुन्न । वरु, आफुले उनलाई मन पराएको कुरा व्याक्त गरेर त्यसको प्रतिक्रिया माग्नु पर्छ ।
प्रेम सम्वन्ध सुमधुर राख्ने काइदा
कल एवं एसएमएस गरौ–प्रेमी/प्रेमिकावीच सधै भेटघाट नहुन सक्छ । आ–आफ्नै कार्यव्यस्तताका कारण भेट्ने, कुरा गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा फोन तथा एसएमएस गरेर आफ्नो उपस्थिती जनाउन सकिन्छ । फोनमा रोमान्टिक कुराकानी गरौं, म्यासेज पठाऔं र आफ्नो प्रेम सम्वन्धलाई ताजा वनाइराखौं ।
डेटिङ–प्रेममा डेटिङ हुने नै भयो । यसका लागि दुवैले समय मिलाउनु पर्छ । रमणिय स्थानमा डेटिङ जाने, रमाइलो कुराकानी गर्ने । यसले प्रेम सम्वन्ध मजवुद वनाउन सहयोग गर्छ ।
सेयरिङ–प्रेम/प्रेमिकावीच खुलेर कुराकानी हुन जरुरी छ । एकअर्काको सोचाई, भावना दुवैले वुझ्नु पर्छ । यसवाट कतिपय अवस्थामा सृजना हुने गलत सोचाइ हटाउन मद्दत मिल्छ ।
डेटिङ स्पटको छनौट
प्रेमी/प्रेमिकालाई डेटिङका लागि प्रस्ताव गर्न सकिन्छ । यद्यपी यस अघिनै आफुले कुन स्थानमा डेटिङ जाने ? यस सम्वन्धमा टुंगो गरिसक्नु पर्छ । प्रेमी÷प्रेमिका डेटिङका लागि राजी भइसकेपछि ‘डेटिङ स्पटको’ खोजीमा अलमलिनु हुन्न । यदि अगाडि नै योजना तय नभए दुवैले छलफल गरेर डेटिङ स्पट छनौट गर्दा पनि हुन्छ । डेटिङका निम्ति धेरै टाढा, एकान्त ठा“उ रोज्नु हुदैन । कहिल्यै नपुगेको, नहिडेको स्थानमा जादा“ अनपेक्षित कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यसैले डेटिङ जानु अघि नै ‘कुन स्थानमा जाने हो’ भन्ने सम्वन्धमा निर्णय लिनुपर्छ । नजिकको पार्क, फिल्म हल, सपिङ कम्प्लेक्स डेटिङका लागि उपयुक्त स्थान हुन सक्छ ।
प्रेमिकाको खुशीका लागि
प्रसंसा गरौ–आफ्नो प्रेमिकाको प्रशंसा गर्न कतिपनि कञ्जुस्या“इ गर्नुहुन्न । प्रेमिकाको राम्रो एवं सकारात्मक पक्षको खुलेर प्रशंसा गरौं । प्रशंसाले जो कोहिलाई खुसी तुल्याउ“छ ।
केयरिङ–मायामा ‘केयरिङ’ महत्वपूर्ण हो । प्रेमिकाले पनि हामीवाट त्यही कुराको अपेक्षा गरेको हुन्छ । अत आफुले त्यस्तो व्यवहार गर्नुपर्छ, जसले प्रेमिकालाई केयर गरिरहेको आभाष मिलोस् ।
समर्थन–आफुलाई वौद्धिक देखाउने सोंचले हामी वढी तर्क गर्छौ । तर्कद्वारा आफुलाई अब्बल सावित गर्न खोज्छौ । प्रेमको सन्दर्भमा यस्तो अभ्यास घातक हुन सक्छ । किनकी प्रेमिकाको कुरालाई वढी खण्डन गर्न थालियो भने त्यसको नकारात्मक प्रभाव पर्न जान्छ । यस किसिमको व्यवहारले प्रेमिकाले आफुलाई होच्याएको महसुष गर्न सक्छन् । त्यसैले उनको भावनालाई सम्मान एवं समर्थन गर्नुपर्छ ।
डेटिङ टिप्स
डेटिङको रोमाञ्चक अवसरलाई अविश्मरणिय वनाउने केहि टिप्स
–फेसनेवल एवं स्टाइलिस पहिरन लगाउने । यसवेला पहेंलो, पिंक एंव रातो रंगको पहिरन उपयुक्त हुन्छ ।
–भड्किलो होइन, कलात्मक पहिरनले आफ्नो व्यक्तित्वमा निखार ल्याउ“छ ।
–युवतीहरुका लागि डार्क लिपिस्टीक उपयुक्त हुन्छ ।
–प्रेमिकालाई वाइकमा राखेर कतै लानु छ भने, केसमा लेटेस्ट ब्रान्डको जेल लगाउन भुल्नु हुन्न ।
–एकअर्काको हातमा हात समाएर वस्नुहोस् ।
–असुरक्षित र लामो दुरीको स्थान डेटिङका लागि उपयुक्त हुन्न ।
प्रेमीका फकाउनका लागि
–आफ्नी प्रेमिकालाई प्रभावित गर्न उनको सौन्दर्यको प्रशंसा गरौ । यद्यपी हट एवं सेक्सी चाहि नभनौ । यसो भन्दा अनर्थ लाग्न सक्छ ।
–प्रेमिकाको हात समाउ“ र प्रेमपूर्वक सिरमा चुमौ ।
–उनको सानो कुरालाई पनि ख्याल गरौं ।
–कहिले कहि उनलाई मन पर्ने म्युजिक सुनाऔं, फिल्म हेर्न लैजाऔं ।
भ्यालेन्टाइन गिफ्ट आइटम
भ्यालेन्टाइनको अवसरमा के गिफ्ट दिने ? धेरै जोडीलाई यहि प्रश्नले सोचमग्न वनाएको हुन सक्छ । वजारमा भ्यालेन्टाइनका लागि अनेकौ गिफ्ट उपलव्ध हुने गरेको छ ।
सांकेतिक रुपमा प्रेम दर्शाउने रातो एवं पिंक कलरका गिफ्ट आइटम यसवेला उपयुक्त हुन्छ । यद्यपी वजारमा उपलव्ध गिफ्ट मध्ये आफ्ना प्रेमी÷प्रेमिकाका लागि कस्तो आइटम ठिक होला ? यस सम्वन्धमा एकपटक सोचविचार गर्नैपर्छ ।
गिफ्ट गरिद गर्नु अघि पे्रेमी/प्रेमिको रुची, सौख, भावनाका वारेमा वुझ्नुपर्छ । अत उनीहरुको रुची अनुसारको गिफ्ट खरिद गरेर दिनु उपयुक्त हुन्छ । यसरी गिफ्ट छनौट गर्दा आफ्नो आर्थिक हैसियतलाई पनि ध्यानमा राख्नुपर्छ ।































प्रतिक्रिया