व्यस्त जीवनशैली अनि आधुनिक समयसँगै अहिले जुम्बाको महत्व पनि बढ्दै गएको पाउन सकिन्छ । शारीरिक फिटनेसका लागी मात्रै नभएर मानसिक रुपमा समेत पूर्णरुपमा स्वस्थ रहन यसले मद्दत गर्छ । "/>

जुम्बा के हो ? यसो भन्छिन्, प्रतिमा श्रेष्ठ

जुम्बा के हो ? यसो भन्छिन्, प्रतिमा श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

व्यस्त जीवनशैली अनि आधुनिक समयसँगै अहिले जुम्बाको महत्व पनि बढ्दै गएको पाउन सकिन्छ । शारीरिक फिटनेसका लागी मात्रै नभएर मानसिक रुपमा समेत पूर्णरुपमा स्वस्थ रहन यसले मद्दत गर्छ ।

प्रस्तुत छ,

जुम्बाको विषयमा केन्द्रबिन्दु टिभीका लागी अदिती पौडेलले पर्फेक्ट डान्स प्राइभेट लिमिटेडका सञ्चालक जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठसँग गर्नुभएको कुराकानी:

जुम्बा भनेको के हो ? कसरी यसको बारेमा बताइदिनुहोस् न ।

 -जुम्बा भनेको एउटा डान्स मुभमेन्ट बाट गरिने फिटनेस थेरापी हो । यो अरु फिटनेस फर्मुला भन्दा फरक छ, किनकी सबै उमेरका मान्छेहरुले गर्न सक्छन् । शरीरको तौल घटाउनु मात्रै नभएर युरिक एसिड, थाईराईड लगायतको नियन्त्रणका लागी जुम्बा सहयोगी छ । जुम्बा गरेपछि खासमा बोरिङ हुँदैन् ।

प्रतिमा श्रेष्ठ यो जुम्बाको क्षेत्रमा कसरी आईन् ?

 -यसको एउटा कथा नै छ, मैले लाईफमा डान्स गर्छु भनेर कहिले पनि सोचेको थिएन् । म विगतमा व्यापारिक क्षेत्रमा नै बढि व्यस्त हुन्थ्ये । मेरो पारिवारिक वातावरण पनि व्यापारिक नै थियो । ठिक त्यही समयमा म अलिकति मोटाएपनि, अनि डाक्टरले मलाई तौल घटाउन सल्लाह दिनुभयो । त्यसपछि तौल घटाउन धेरै ठाउँ धाए, कतैबाट पनि सफल भइएन् । त्यसैबीचमा बहिनी र मैले एउटा सल्लाह गर्र्यौ, व्यापारिक परिवारको मान्छे हामी अब केही फरक गरौँ भन्ने भयो अनि फिटनेश खोल्ने निर्णय भयो ।

हामीले बानेश्वरमा एउटा फिटनेश खोल्यौँ जुन अहिले बहिनीले चलाउँछिन् । त्यतीबेला भरखर जुम्बा नेपालमा भित्रिएको थियो अनि हामीले पनि हायर गर्यौं । त्यो बीचमा आफुले सिक्दा सिक्दै मेरो तौल ह्वात्तै घटेको पत्तै भएन्, ।

अनि गर्दा गर्दा एउटा च्याजेञ्ज जस्तै भयो । त्यतीबेला नेपालमा कुनै फ्यसलेटी समेत थिएन् । अनि जुम्बाका लागी दिल्ली गए । त्यहाँपनि केही बुझ्न पाइएन् । त्यसपछि नेपाल फर्केर ८, ९ वटा सिफ्ट चलाउँथे । अनि २०१४ मा मैले सर्टिफिकेट लिएपछि आफ्नै फिटनेश खोले । पैसा नभएपनि जुन चिज यो ठाउँबाट पाएको छु त्यसमा म खुसी छु ।

किन गर्नुपर्छ जुम्बा, तौल घटाउन अरु नियमित व्यायामहरु गरेर पनि सकिन्छ नी ?

 -जुम्बा नै किन भन्दा, यो जिमहरु भन्दा अरु फरक छ, किनकी यो गर्दा बोरिङ हुँदैन्, यो रिमेक्स भर्सन हो । यसको एउटै सेड्युल हुँदैन्, आफ्नो ईच्छा चाहाना अनुसार गर्न सक्छौँ । तौल घटाउन मात्र होइन डिप्रेशनहरु कम गर्न सकिन्छ । दिमागलाई फ्रेस गर्छ । अल्छि लाग्नेहरुलाई पनि यो उपयोगि हुन्छ ।

जुम्बा कक्षा भनेर ठाउँ ठाउँमा देखिन्छ, किन होला, खासमा जुम्बामा हुनुपर्ने के हो ?

 -नेपालमा एउटा कुरा के छ भने, एउटा विजनेश एउटाले गर्न थालेपछि सिको गर्ने चलन यहाँ छ । २, ३ महिना सिक्यो अनि ८, १० हजार रेण्टमा ठाउँ खोज्यो, खोल्यो । तर उहाँहरुलाई जुम्बा भनेको के हो ? त्यो पनि थाहा हुँदैन् । अब हामीजस्तो सर्टिफाइड हुँदैनन्, सबै । जुम्बा डट कममा जतिको विवरण छ उनिहरुमा मात्र मान्यता प्राप्त हो ।

घरैपच्छिे खुल्नुको एउटा कारण, यो सजिलो छ । यहाँ कस्तो छ भने मान्यताप्राप्त ठाउँमा धेरै पैसा पर्ने या सस्तोमै जाउँ न जस्ता कुराहरुले गर्दा पनि यो बढेको हो । एउटा आम बुझाई के छ भने, मान्यता प्राप्त किन चाहियो यो पनि त जुम्बा नै हो नी भन्ने धाराणले पनि यो भएको हो ।

सबैलाई मैले अनुरोध के गर्न चाहान्छु भने, उहाँहरुले सिकिराख्नुभएको ठाउँमा त्यहाँ सिकाउने ईन्सटक्टर सर्टिफाइ होकी होईन्, उहाँले चेक गर्नका लागी जुम्बा डट कममा चेक गर्न सकिन्छ ।

सर्वसाधारण भुक्किन्छन् होला नी ?

 -यहाँ त्यस्तो धेरै त त्यस्तो घटनाहरु घटेका छैनन् । तर एक वर्ष, डेढ वर्ष गरेकाहरु पनि यहाँ आएर अचम्ममा पर्छन् । ओहो म्याम जुम्बा भनेको त यस्तो पो रहेछ , भनेर मलाई भन्छन् ।

अनि मैले भन्छु तपाईहरु त जुम्मा गर्नुभएको मान्छे होईन् ? भन्दा उनिहरुले खै जुम्बा भनेर नै गरेको गर्न त तर याँ मोजा जुत्ता लाएर गराउनु हुँदो रहेछ । उता लाउनुहुँदैन भन्थे भनेर भन्छन् ।

जुम्बाको बारेमा के नराम्रो धारणा फैलाईएको छ । भने जुम्बाले महिलालाई असर गर्छ । पाठेघर खस्छ भन्ने जस्ता हल्लाहरु फैलाईएका छन् । तर यो गलत हो । म पनि एक बच्चाको आमा हो, यदि त्यस्तो हुन्थ्यो भने सुरुमा मलाई हुनुपर्ने किनकी जति मैले गर्छु त्यती त यहाँ सिक्न आउनेहरुले गर्नुहुन्न् । त्यही भएर उहाँहरलाई के भन्न चाहान्छु भने, यदि उहाँहरुले जुम्बा गर्ने सोच बनाउनुभएको छ भने जुम्बा डटकममा गएर एक पटक खोज्नुहोला भन्न चाहान्छु ।

पैसाको कारणले पनि ग्राहक झुक्किने हो की ?

 -हो त्यो पनि हो । ठाउँहरु अनुसार फरक हुन सक्छ । मान्यताप्राप्त जुम्बाहरुले यतिको लिनु भने एक दम ठिक हो । नक्साल, बानेश्वर, कोटेश्वर एरियामा ३ हजार सम्म पनि छ ।

समयलाई कसरी म्यानेज गरिराख्नुभएको छ ?

 -खासमा अहिले मैले अरु कुराहरुतिर हात हालेको छैन् । उनी याँ भनेको विहानर बेलुकी मात्र हो । कुनै कार्यक्रमका लागि बाहिर जानुपर्ने अवस्था आयोभने मेरा विद्यार्थीहरुले सपोर्ट गर्छन् ।

नेपालमा जुम्बाको भविष्य कस्तो देख्नुहुन्छ ?

 -मैले धेरै राम्रो देखेको छु । नेपालको हरेक ठाउँमा यसको राम्रो सम्भावना छ । यो पार्ट टाईम जब जस्तो पनि हो । जसले यो गर्नुहुन्छ, उहाँको आफ्नो स्वास्थ्य पनि हुन्छ र सोचेजस्तो इनकम पनि हुन्छ । उहाँले बिहान र बेलुका मात्र टाईम दिएर दिउँसो अरु जबहरु पनि गर्न सकिन्छ ।

तर हाम्रो सोच भनेको तौल घटाउन मात्र फटनेश धाउने हुन्छ, यसबारे के भन्नुहुन्छ ?

 -जुम्बा भनेको तौल घटाउन मात्र होइन् । स्वस्थ व्यक्तहरुलाई पनि यो उत्तिकै आवश्यक छ । मन मस्तिस्कर्लाइ फ्रेस गर्नुलाई यो आवश्यक छ । व्यस्त जिवनबाट हुने तनावलाई कम गर्न सकिन्छ । जुनसुकै प्रकारको फिटनेशका जुम्बा आवश्यक छ ।

Logo