जाडो मौसममा तातो पानी पिउने बानी हुन्छ । सायद तपाई पनि बिहान उठ्नसाथ तातो पानी पिउनुहुन्छ । या त अरु कुनै न कुनै बेला तातो पानी पिउने गर्नुहुन्छ । तातो पानी पिउँदा शरीरमा त्यसैको प्रभाव कस्तो हुन्छ ? भन्ने चाहि तपाईलाई थाहा नहोला । तातो पानी पिउनु वास्तवमा शरीरको लागि लाभदायक हुन्छ । तातो पानी पिउँदा त्यसको के के प्रभाव पर्छ त ?
पेटमा बोसो जम्दैन
दैनिक एक गिलास तातो पानी पिउनुहोस्, तपाईको पेटमा बोसो जम्दैन । बोसो पग्लने भएकाले पेट बढ्न पाउँदैन ।
पाचनप्रक्रियामा सुधार
नियमित रुपमा तातो पानी पिउँदा खानेकुरा पचाउन सजिलो हुन्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
चिसो लाग्दैन
तातो पानी पिउने गर्दा चिसोको डर हुँदैन । रुघा, खोकी लाग्ने डर हुँदैन ।
दममा ठिक गर्छ
चिसोमा दमको समस्या बढ्छ । यदि दमको समस्या छ भने तातो पानी पिउनुहोस् । यसले गलाको कफ निकाल्न मद्दत गर्छ । फोक्सोको समस्या पनि हटाउँछ ।
मांशपेसीको दुखाई कम
तातो पानी पिउँदा ब्लड सर्कुलेसन राम्ररी हुन पाउँछ । त्यसले मसल्सको दुखाई पनि कम गर्छ ।































प्रतिक्रिया