एकजना केटाले दुई जना केटी बिहे गर्नैपर्ने कस्तो कानुन ?

एकजना केटाले दुई जना केटी बिहे गर्नैपर्ने कस्तो कानुन ?

केन्द्रबिन्दु
0
Shares

एक जना पत्नी हुँदा हुँदै अर्की ल्याइयो भने फन्दामा परिन्छ । एउटा पत्नी भएर पनि अर्को केटीसंग विवाह गर्दा बहु विवाहको कानुन लाग्छ । तर सबैतिर यस्तो कानून कहाँ हुन्छ र ?

यस्तो पनि देश छ, जहाँ एक होइन, दुई जनासंग विवाह गर्नुपर्छ । यो रहरले होइन, कहरले हो । एक जना केटाले दुई जना केटी विवाह गर्नैपर्ने बाध्यता । केटाले एकजना मात्र बिहे गर्छु भनेमा त्यो कानुनी अपराध मानिन्छ ।

त्यस देशको नियम अनुसार यदि पहिलो पत्नी उसको दोस्रो बिहेबाट दुखी भइन् भने उनीहरु दुबैले जेल पनि जानुपर्ने हुन्छ ।

यो देश हो, इरीट्रिया । यहाँ पुरुषका लागि दुई जना बिवाह अनिवार्य रहेको छ । यदि केटाले अर्को वा दोस्रो बिहे गर्न मानेनन् भने सजाय भोग्नुपर्छ । त्यो पनि सानोतिनो होइन, जन्मकैदको सजाय । जेल जानबाट बच्नकै लागि पनि पुरुषले दुई जना पत्नी ल्याउने गर्छन् ।

किन यसो गरिएको हो भने, यस देशमा बेलाबेला गृहयुद्ध हुने गर्छ । त्यसबेला केटाहरु युद्धमा जानुपर्छ । केटीहरु एक्लै बस्नुपर्ने हुन्छ । यसरी एक्लै बस्दा उनीहरु सुरक्षित हुँदैनन् । पत्नीहरु सुरक्षित राख्नकै लागि दुई जनासंग विवाह गराइएको हो । एजेन्सी

Logo