हाम्रो यौन जीवन कति पूर्ण छ भनेर हामीले जाँचेका हुँदैनौ । यौनका मामिलामा कोहि निकै कमजोर हुन्छन्, कसैमा बढी आशक्त हुन्छन् भने कोही सिथिल स्वभावका । अति हुनु भनेको क्षति हो । धेरै आशक्ति हुनुलाई राम्रो मानिदैन । त्यो भन्दा पनि यौनमा उदासिन हुनु झन नराम्रो मानिन्छ ।
यौनको बिषय लाज र हिनता मान्नुपर्ने विषय होइन । तर, यसलाई हामी आफैंले विकृत बनाएका छौं । यौनप्रतिको धारणा र आशक्तिले गर्दा यो प्राकृति प्रदत्त क्रियालाई हामीले नै बदनाम गरिरहेका छौ । यौनलाई हामीले स्वभाविक र प्राकृतिक रुपमा बुझ्नुपर्ने हुन्छ ।
– सबै व्यक्तिलाई यौनको आवश्यक्ता र चाहना हुन्छ ।
– यौन चाहाना सबैमा बराबर हुन्छ भन्ने चाहि छैन । यसको चाहना कसैलाई कम हुन्छ भने कसैलाई बढी हुन्छ ।
– कसैलाई देखेपछि उनीहरुप्रति यौन भावना पलाउनु पनि स्वभाविक हो । राम्रो केटा वा केटीलाई देखेपछि हाम्रो मनमा यौन भावना जाग्न सक्छ ।
– यौन इच्छा भएपछि धेरै अविवाहित महिला र पुरुषले हस्तमैथुन गर्छन् ।
– अविवाहित मात्र होइन, विवाहितले पनि हस्तमैथुन गर्ने गर्छन् ।
– केटीको तुलनामा केटाहरुले बढी हस्तमैथुन गर्छन् ।
– हस्तमैथुनका लागि केटीहरुलाई तयारी हुन र स्थानको गोपनियता बढी चाहिन्छ ।
– यौन सम्पर्क कहिले र कसरी गर्ने भन्ने कुरामा सदियौंदेखि बहस र अभ्यास हुँदै आएको छ ।
– सक्रिय यौन जीवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
– सातामा तीन दिन दम्पतीबीच यौन सम्पर्क हुनुलाई राम्रो मानिन्छ । यसले उनीहरुबीच सम्बन्ध राम्रो भएको बुझिन्छ भने यौन जीवन पनि पूर्ण रहेको ठानिन्छ
।
– धेरै दम्पतीको कलहको विषय पनि यौनकै बिषयलाई लिएर हुने गर्छ ।
– यौन सुखका लागि आसन र यस सम्बन्धीका धारणाहरु महत्वपूर्ण मानिन्छ ।
– सातामा तीन पटक यौन सम्पर्क गर्दा मुटु स्वस्थ्य हुने चिकित्सकहरुको अनुसन्धानले बताएको छ ।
– अविवाहित व्यक्तिको तुलनामा विवाहित व्यक्ति बढी स्वस्थ र दीर्घायु हुने गर्छन् ।
– पार्टनरसँग भावनात्मक लगाव छ भने यौन जीवन राम्रो हुनसक्छ ।
– मानसिक तनाव, कामको बोझ, घरेलु जिम्मेवारीले यौनमा उदासिनता ल्याउँछ ।































प्रतिक्रिया