बियर र वाइनले आराम दिन्छ भने रक्सीले कामोत्तेजना

बियर र वाइनले आराम दिन्छ भने रक्सीले कामोत्तेजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९ मंसिर । कुनै जमघट होस् वा उत्सव मदिरा विना धेरैलाई खल्लो लाग्ने गर्छ । मदिरा हुदाँ धेरैलाई पार्टी थप रमाईलो हुने गरेको छ । आखिर मदिरा जन्य पदार्थमा त्यस्तो के गुण हुन्छ जसले मानिसलाई रमाईलो देखि आक्रमक समेत बनाउछ भन्ने वारेमा विभिन्न अनुसन्धान भैरहेको छ । यि अनुसन्धानले सर्वमान्य सिद्धान्त ननिकालेपनि मदिराका अनौठा गुण अवगुणहरु भने निकालिरहेको हुन्छ ।

स्पिरिट जन्य पदार्थ भएको मदिराले पिउने मानिसलाई आक्रमक, कामूक र कहिलेकाँही भावुक समेत बनाउछ । तर यसको विपरित बियर र वाइनले भने पिउने मानिसलाई आरामको महसुस गराउछ । स्पिरिट जन्य मदिरा (रक्सी)को निर्माण वाफलाई थोपा थोपा मिलाएर बनाउने हुनाले यसमा अल्कोहलको मात्रा अधिक हुने गरेको छ ।
२१ देशका १८ देखि ३४ बर्ष विचका ३ हजार ब्यक्तिमा गरिएको शोधवाट प्राप्त नतिजाहरुलाई उनीहरुले हालै सार्वजनिक गरेका छन् ।

– ह्वाइट वाइनको तुलनामा रेड वाइनले पिउने मानिसलाई बढी आलस्य बनाउछ ।

– मानिसहरुका अनुसार रेड वाइन र बियर पिएपछि बढी निश्चिन्तता (ढुक्क) पैदा हुने गर्छ ।

– मदिरा पिउनेहरु मध्ये ४० प्रतिशतले स्प्रिट जन्य मदिरा पिएपछि आफुलाई कामूक भएको पाएको बताए ।

– स्प्रिट जन्य मदिरा पिएपछि पिउने मानिसलाई बढी उर्जा र आत्मविश्वास जागृत भएको अनुभव गर्छन् ।

– स्प्रिट जन्य मदिरा पिउने ब्यक्तिहरु मध्ये ३० प्रतिशतलाई आक्रमक भावनाको विकास हुने गरेको छ । यस्ता ब्यक्तिहरुमा भावुकता र बेचैन हुने गुण पनि बढी हुने गर्छ ।

Logo