काठमाडौं, २८ मंसिर ।
दिनरात काममा खटिएर, लाखौ लगानी गरेर पनि रातारात करोडपति हुन संभव छैन । जीवनभर काममा जोतिने मान्छे पनि सायदै करोडपति हुने सौभाग्य प्राप्त गर्छन् । तर, जम्माजम्मी ६ वर्षको बच्चाको कमाइ भने जिब्रो टोक्न बाध्य बनाउने खालको छ ।
पत्याउन गाह्रो पर्छ उनको कमाइ सुनेर । उनी वर्षभरिमा एक अर्बभन्दा बढी कमाउँछन् । रियान नाम गरेका यी बच्चा अहिले ६ वर्षका भए । उनी युट्युबर हुन् । रियान टोयज रिभ्यु नामक युट्युब च्यानलका उनी मालिक हुन् । उत्तरी चीनका यी बच्चाले खेलौनाको रिभ्यु गर्छन् ।
चीनका यी बच्चालाई फोब्र्सले सर्वाधिक पैसा कमाइ गर्ने युट्युबर्समा राखेको छ । उनी यस पंक्तिमा आठौं नम्बरमा पर्छन् । लिस्टमा उनको वार्षिक कमाइ ११ मिलियन डलर बताइएको छ ।
उनी टे«न, सुपरहिरो, डिजनी टोयजको रिभ्यु गर्छन्, जसलाई विश्वभर हेरिन्छ । उनी विज्ञानको प्रयोगसँग सम्बन्धित कुरा पनि देखाउँछन् । उनको च्यानलका एक करोडभन्दा बढी सब्सक्राइबर छन् । उनको एउटै भिडियो ८० करोड पटकसम्म हेरिएको छ ।
https://www.youtube.com/channel/UChGJGhZ9SOOHvBB0Y4DOO_w
एजेन्सी





























प्रतिक्रिया