काठमाडौं, १७ मंसिर । थ्रिडी अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट काम गर्नेहरुको अझैं कमी छैन । काम अप्ठ्यारो, घिनलाग्दो र डरलाग्दो छ भन्ने जान्दा जान्दै पनि कति मान्छेहरु यस्तै काम गरेर जीविका चलाइरहेका छन् । यहाँ त्यस्तै केहि डरलाग्दो र जोखिमयुक्त कामको बारेमा बताइदैछ, जो कोहि यस्तो काम गर्न सजिलै राजी हुँदैनन् ।
बेमौसमी माछाको सिकार
संसारकै खतरनाक काममध्येको एउटा हो बेमौसमी माछा मार्नु । कहिले पानीझरीमा त कहिले कठ्यांग्रिने चिसोमा माछा पक्रनुपर्ने हुन्छ । यस्तो अवस्थामा हरक्षण जोखिम हुन्छ । कहिले पानी जहाजमा समस्या आउन सक्छ त कहिले प्राकृतिक प्रकोपको सामाना गर्नुपर्ने हुन्छ ।
युद्ध संवाददाता 
हामीले देखेका छौ कि कतिपय टेलिभिजनले युद्धरत स्थानबाट प्रत्यक्ष घटनाको विवरण सुनाइरहेको वा प्रस्तुत गरिरहेको । युद्धस्थलमा मर्नु र मारिनु स्वभाविक एवं सामान्य हो । त्यस्तै जोखिपूर्ण काम गरिरहेका हुन्छन् द्वन्द्व रिपोर्टरले । उनीहरु ज्यानलाई दाउमा राखेर युद्धको डरलाग्दो दृश्यको ताजा समाचार पस्किरहेका हुन्छन् ।
बुल राइडर 
बुल राइडर रोमाञ्चक खेल हो । यसका लागि निकै कडा अभ्यास चाहिन्छ । बुल राइडरको काम साँढेको माथि चढेर त्यसलाई नियन्त्रण गर्नु हो । यो निकै घातक र जटिल काम हो ।
माउन्टेन गाइड
माउन्टेन गाइड यस्तो काम हो, जसले आरोहीलाई हिमालको चुचुरोमा चढाउने र ओराल्ने काममा सहयोग गर्छन् । उनीहरु हिमाली क्षेत्रमा हुने कुनैपनि किसिमको जोखिम मोल्न तयार हुनुपर्छ । एकातिर आफ्नै भारी सामाग्री बोक्नुपर्ने, अर्कोतिर आरोहीका लागि बाटो बनाइदिनुपर्ने काम उनीहरुले गर्नुपर्छ ।































प्रतिक्रिया