न्यूयोर्क, १० मंसिर । विश्वकै सर्वशक्तिमान मानिन्छन्, अमेरिका राष्ट्रपतिलाई । अहिले त्यही कुर्सीमा छन्, डोनाल्ड ट्रम्प । डोनाल्ट आफैमा धनाढ्य हुन् । उनकी पत्नी मोडल । अब यस्तो दम्पतीबाट जन्मिएकी छोरी कस्तो होला ?
छोरी इभान्का आफैमा ग्ल्यामरस छिन् । हट छिन् । कतिसम्म भने, आफ्नै पिताले समेत उनलाई ‘कामुक’ भनेर सम्बोधन गरेका थिए, भलै यो विषय निकै विवादित समेत बन्यो ।
इभान्का प्राकृतिक रुपमै सुन्दर छिन् । उनको ड्रेस सेन्स पिताको जस्तो अमिल्दो छैन । उनी पहिरनमा निकै सचेत छिन् । उनी फेसनेवल युवती हुन् । त्यो त आफ्नी आमा स्वयं मोडल भएकाले पनि उनमा त्यो प्रभाव रहनु स्वभाविक हो ।
इभान्का आकर्षक छिन् । धनाढ्य छिन् । यससँगै समझदार पनि छिन् । उनले पुस्तक लेखेकी छिन् । राजनीतिक रुपमा पनि सक्रिय छिन् । उनले समाज सेवामा पनि आफुलाई उत्तिकै सक्रिय राख्ने गरेकी छिन् ।
इभान्का आफ्ना पिता जस्तै बिजनेस टाइकुन बन्न चाहन्छिन् । यसको सुरुवात उनले वुमन हु वक्र्सबाट सुरु गरिसकेकी छिन् ।





























प्रतिक्रिया