काठमाडौं, १७ कात्तिक । शहरी जीवनले हाम्रो खानपिन र लाइफस्टाइलमा आएको परिवर्तनले दिमागी क्षमतामा पनि असर गरिरहेको छ । जसको कारण अहिले शहरी क्षेत्रमा मानिसहरुमा बढी मानसिक तनाव, स्ट्रेस, माइनग्रेन र स्मरण शक्ति क्षिण हुने समस्याहरु बढ्दै गएको छ ।
यस्तो अवस्थामा मात्र नभएर शहरी जीवनलाई अंगालेका ब्यक्तिहरु कुनै न कुनै समयमा मास्तिष्कसंग सम्बन्धि कुनै पनि किसिमका समस्यामा पर्ने सम्भावना बढी हुने देखिएको छ । यस्तो अवस्था आउनु भन्दा अगाडी देखिनै यि समस्याहरु आफ्नो जिवनमा नआओस् भन्नका लागि ध्यान कार्य सर्वाधिक उपयुक्त मानिन्छ । दैनिक रुपमा न्यूनतम १० मिनेट ध्यान गर्दा तपाईहरुलाई धेरै किसिमका मानसिक समस्याहरु हुनवाट रोक्न सफल हुन्छ । यदी तपाईले ध्यानको अवधिलाई अझैं बढाउदैं जानु भयो भने धेरै किसिमको लाभ समेत प्राप्त गर्नुहुन्छ ।
स्मरण शक्ति बढाउने:
नियमित रुपमा ध्यान गर्दा हामीमा एकाग्र हुने क्षमताको विकास हुन्छ । यसले हाम्रो दिमागलाई शक्ति प्राप्त हुन्छ । जसको कारण नियमित ध्यान गर्ने ब्यक्तिको स्मरण क्षमता बढी हुन्छ ।
तनाव घटाउन:
तनाव मस्तिष्कमा कार्टिसोल हार्मोनको बृद्धिले हुने गर्छ । यस्तो अवस्थामा तपाईहरुले नियमित रुपमा ध्यान गर्नु भयो भने मस्तिष्कमा स्ट्रेस पैदा गर्ने कार्टिसोल हार्मोनमा कमी आउछ र तनावलाई कम गर्न मद्धत गर्छ ।
डिप्रेसन कम गर्न:
नियमित रुपमा ध्यान गर्दा हाम्रो शरीरमा निष्क्रिय रुपमा रहेको सेरेटोनिन हार्मोनलाई पैदा गर्छ । यो हार्मोनले हाम्रो दिमागलाई शान्त बनाउनुका साथै सकारात्मक सोचको बिकास गर्ने गर्छ । जसको कारण तपाईमा आएको डिप्रेसनलाई पनि कम गर्छ ।
रक्तचाप नियन्त्रण:
नियमित ध्यान गर्दा हाम्रो शरीरमा रक्त संचार राम्रोसंग हुन पाउँछ । रगतको संचालन राम्रो भएपछि शरीरमा रक्तचाप हुने सम्भावना पनि कम रहन्छ । यदि रक्तचापको समस्या भएका ब्यक्तिहरुले ध्यानको समयलाई बढाउन सकेमा चाडै लाभ मिल्छ ।
निन्द्राको समस्या:
नियमित रुपमा ध्यान गर्ने मानिसको मस्तिष्कमा तनाव कम रहन्छ वा भनौं मस्तिष्कले बढी बोझ बोक्न परिरहेको हुदैंन । जव मानिसको मस्तिष्क हलुका हुन्छ उसलाई निन्द्रा सजिलै लाग्छ । त्यसैले कसैलाई राति निन्द्रा नलाग्ने किसिमको समस्या रहेको छ भने ध्यान गर्नु धेरै लाभदायक हुन्छ र ध्यानको समयलाई बढाउदै लगेमा झनै राम्रो पनि हुन्छ ।
मुटुको समस्या:
मुटुको समस्या मुख्यतया रक्तसंचारमा आएको समस्याका कारण बढी हुने गर्छ । नियमित रुपमा ध्यान गर्नाले रक्तसंचारमा धेरै नै सुधार हुन्छ जसको कारण मुटुको समस्यामा पनि कमी आउने गर्छ ।





























प्रतिक्रिया