एसियाकै ठूलो रेड लाइट एरियाको भित्री कथा

एसियाकै ठूलो रेड लाइट एरियाको भित्री कथा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३ कार्तिक । कोलकाताको पश्चिमी सोनागाछीलाई एशियाकै ठूलो रेड लाइट एरिया मानिन्छ । एक अनुमान अनुसार यहाँ करिव १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । यसमध्ये धेरै संख्यामा नावालिग पनि छन् । हरेक वर्ष यहाँ १ हजार महिला थपिने तथ्यांक छ ।

यहाँ केहि महिला बिक्रि भएर देहब्यापारमा होमिन आइपुग्छन् । कोहि चाहि आफ्नै मर्जीले स्वतस्फूर्त आउँछन् । एक वेबसाइटसंग कुराकानी गर्दै एक यौनकर्मीले भनेकी छिन् कि उनी पहिला घरेलु कामदारको रुपमा गुजारा गर्थिन् । त्यसवेला करिव डेढ हजार रुपैयाँ उनको मासिक पारिश्रमिक थियो । यद्यपी अहिले उनी मासिक १६ हजार भारतिय रुपैयाँ कमाउछिन् ।

यौनकर्मीको रुपमा कार्यरत अर्की ३० वर्षिया महिला भन्छिन्– ‘म पहिला श्रीमान्सँग दाम्पत्य जीवनमा सात वर्षसम्म वाँधिएकी थिएँ । मेरो पति जड्याह थियो, उनले मलाई हरेक दिन कुटपिट गथ्र्यो । मेरो जीवन नारकिय भएपनि सन्तानको भविष्यलाई सम्झेर म त्यहाँवाट अलग भएर यहाँ आएँ ।’ पतिलाई छाडेर राजीखुशीले यहाँ आएपछि उनका दिनहरु खुसीपूर्वक वितिरहेको छ । उनका अनुसार एक ग्राहकसँग प्रेम सम्वन्ध समेत भैसकेको छ ।

कति महिलाहरु आफ्ना सन्ततीको भविष्य उज्वल बनाउनका लागि वाध्यतावस वेश्यावृत्तिमा सामेल हुन परेको वताइन्छ । दास नामले चिनिने एक महिला भन्छिन्– ‘मेरो दुवै सन्तानले आफ्नो पढाई गरिरहेका छन् । के घरमै वसेर मैले उनीहरुको पढाई शुल्क तिर्न सक्थे ? समाजले हाम्रो निन्दा गर्नुअघि स्वंम आफ्नो वारेमा सोच्नुपर्छ । के हामीलाई उनीहरुले यो भन्दा राम्रो रोजगारी दिएका छन् ?’

Skip This
Skip This
Logo