आमिर खानको सौख कार कलेक्सन

आमिर खानको सौख कार कलेक्सन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क
मुम्बाई, ६ कर्तिक । आमिर खान वलिउडको चौथो सवैभन्दा धनी अभिनेतामा पर्छन् । यिनी अरु अभिनेताको तुलनामा भिन्न छन्, चाहे फिल्मको प्रसंगमा होस् वा कार कलेक्सनकै बिषउमा किन नहोस् । खान यस्ता कार चढ्छन्, जो भारतका एकाध व्यक्तीसँग मात्र छ ।

उनको रोज्जा गाडी हो, मर्सिडीज वेन्ज एस ६०० । यसैमा यात्रा गर्न उनी बढी रुचाउँछन् । उनले यो कार त्यसवेला किनेका थिए, जतिवेला भारतमा दुईजनासँग मात्र यो मोडलको कार थियो । एकजना विजनेस टाइकुन मुकेश अम्वानी र अर्का पूर्व प्रधानमन्त्री मनमोहन सिंह । यो कारको मूल्य १० करोड भारु पर्ने गथ्र्यो । मर्सिडीज वेन्ज एस ६०० को खास विशेषता भनेको यो कार वम प्रुफ हो, जो उच्च सुरक्षायुक्त सवारी साधन मानिन्छ ।

मर्सिडीज वेन्ज एस ६००

आमिरले चढ्ने यो कारलाई ‘स्पेसल प्रोटेक्सन’ कार मानिन्छ । उनी भारतका पहिलो अभिनेता तथा तेस्रो व्यक्ति हुन्, जो यस्तो महंगो कारको मालिक बनेका थिए । यो कारमा एके ४७ को गोलीले पनि कुनै क्षति पुर्‍याउन सक्दैन । त्यतीमात्र कहाँ हो र ? वारुदी सुरुङमा परेपनि यस कारभित्र वसेका मानिसलाई सामन्य चोट समेत लाग्दैन । हाइप्रोफाइल सेलिव्रेटी भएपछि यतिका सुरक्षित कार त आमिरले चढ्नैपर्‍यो ।

रोल्स रोयसी घोस्ट

यो क्लासिक कार रोल्स रोयसी कम्पनीको लक्जरी कार हो । यो एयरोडायनामिक कारको मूल्य ३ करोड १० लाख भारु हो । यस कारमा ६ दशमलव ६ लिटर ट्वीन टर्वो वि–१२, ६५९२ सिसी इन्जिनको साथ ५६३ विपिएच अधिकतम पावर र ७८० एनएम टार्क जेनेरेट गर्छ ।

टोयटा एसयूवी

रोल्स रायसी घोस्टसँगै आमिरसँग टोयोटाको एसयूवी पनि छ । टोयोटा फच्र्युनर ३ लिटर, डी फोर इन्जिनको साथ १६८ दशलमव ६ विपिएच अधिकतम पावर र ३६० एनएम टार्क जेनेरेट गर्छ । यसको मूल्य २३ लाख भारु पर्छ ।

बीएमडब्ल्यू ६ सिरिज

मिस्टर पर्फेक्शनिस्टसँग जर्मनीको लक्जरी कार व्रान्ड विएमडब्ल्यु ६ सिरिज पनि छ । यसको मूल्य १ करोड २० लाख भारु पर्छ । यो कारले केवल ५ दशमलव ४ सेकेन्डमा १ सय किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

 

Skip This
Skip This
Logo