११ लाख नगदसहित १४ जुवाडे गौशालामा पक्राउ

११ लाख नगदसहित १४ जुवाडे गौशालामा पक्राउ

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ कात्तिक ।

महानगरीय प्रहरी वृत्त गौशालाले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नगदसहित पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका–९, बत्तीसपुतलीस्थित अर्गानिक चुलो नामक रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पूर्णचन्द्र जोशीले बताए ।

प्रहरीले जुवाको खालबाट ११ लाख ५५ हजार ८४० रुपैयाँ र १६ थान कौडासमेत बरामद गरेको छ । घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Skip This
Skip This
Logo