उपत्यकामा बढी दुर्घटना हुने २५ स्थान

उपत्यकामा बढी दुर्घटना हुने २५ स्थान

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य । काठमाडौ, ३१ असोज ।

महानगरीय ट्राफिक प्रहरी महाशाखालले उपत्यकामा दशैँको अवधिमा १ सय ५० भन्दा बढी सवारी दुर्घटना भएको जनाएको छ । उपत्यकाको बढी दुर्घटना हुने २५ स्थानमा उक्त दुर्घटना भएको महाशाखाले जनाएको छ ।

उक्त अवधिमा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ७ जना सख्त घाइते भएका छन् । त्यसैगरी १ सय ५६ जना सामान्य घाइते भएका छन् ।

उक्त अवधिमा ट्रक २८, बस ३९, माइक्रो १२, कर भ्यान जीप ११९, मोटरसाइकल १२३, टेम्पो ३ सहित ३ सय २६ सवारी साधन दुर्घटनामा संलग्न भएको महाशाखाले जनाएको छ । उक्त अवधिमा भएको सवारी दुर्घटनामा १ सय ९३ सवारी साधनमा क्षति पुगेकोे हो ।

उपत्यकामा बढी दुर्घटना हुने स्थान गौशाला, भक्तपुर, कोटेश्वर, जावलाखेल, कलंकी, सोह्रखुट्टे, गठ्ठाघर, थानकोट, सातदोबाटो, स्वयम्भु, सिंहदरबार, कालीमाटी, थापाथली, महाराजगन्ज, कमलविनायक, नागढुङ्गा जनसेवा, टोखा, दरबारमार्ग, एयरपोर्ट, बौद्ध लगायतका २५ वटा स्थान रहेको महाशाखाले जनाएको छ ।

चालकको लापरवाहीले १ सय ७०, मापसेले ६ र साडक अवस्थाको कारणले १ गरि १ सय ७७ दुर्घटना भएको हो । सवारी चालकहरुमा अनुशासनको कमी तथा चेतनाको अभावले पनि दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।

मापसे अभियान सुरु भएसँगै सवारी दुर्घटनामा परी मृत्यु हुने तथा गम्भीर घाइते हुनेको संख्यामा कमी आएको महाशाखाले जनाएको छ । काठमाडौँमा १४१, ललितपुर १६ र भक्तपुर २० गरी ३ जिल्लामा उक्त सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ ।

Logo