नयाँ अनौठा तथ्यहरु

नयाँ अनौठा तथ्यहरु

केन्द्रबिन्दु
0
Shares

लण्डन, ७ असोज । बेलायतमा प्रसारण हुने एउटा टेलिभिजन च्यानल क्युआई टिभिले पछिल्लो पटक देखा परेका रोचक तथ्यहरुलाई संकलन गरेर कार्यक्रम चलाइरहेको छ । पुस्तकको रुपमा पनि आउने उक्त तथ्यहरुका पनि केही रोचक तथ्यहरु ।

– मानिसको औंला भन्दा ओठ १ हजार गुणा बढी संवेदनशिल हुन्छ ।

– जुम्ल्याहाहरु मध्ये पनि समान लिंग (पुरुष–पुरुष, महिला–महिला) भएका हरु लिंग असमान भएका जुम्ल्याहा भन्दा बढी बाँच्ने गर्छन् ।

– बैज्ञानिकहरुले मोवाइल फोनमा लागेको फिंगर प्रिन्टकै आधारमा प्रयोगकर्ताको उमेर पत्ता लगाउन सक्छन् ।

– सर्वाधिक १ सय १७ बर्षको उमेरमा इटालीमा मृत्यु भएकी इमा मार्टिन लुइगिया मोरानोले इटालीको ९० वटा सरकारहरु देखेकी थिइन् ।

– सन् १२०५ को जनवरीमा ईंग्ल्याण्डमा अत्याधिक चिसो रहेको थियो । सबै किसिमका तरल पदार्थहरु जमेका कारण वियरलाई लिटरमा नभएर जोखेर किलोग्राममा बिक्रि गरिएको थियो ।

– ब्रिटिसहरु फ्रेन्चको तुलनामा बढी प्याज खाने गर्छन् ।

– आइसल्याण्डमा फुटबलर भन्दा बढी ज्वालामुखिहरु रहेको छ ।

– बेलायतमा प्रत्येक बर्ष ३५ भन्दा बढी आँधी आउने गर्छ ।

– सन् १९४६ मा २ प्रतिशत ब्रिटिसहरुको घरमा मात्र फ्रिज रहेको थियो ।

– मानिसले आफ्नो जीवनकालमा ५ हजार ७ सय ७८ पटक यौनसम्पर्क राख्ने गर्छ ।

– बेलायतका ४० प्रतिशत कामकाजी ब्यक्तिहरुले महिनामा १ सय पाउण्ड मात्र बचत गर्छन् ।

– पृथ्वीमा अझैं पनि ८० प्रतिशत सुन पत्ता लगाउन बाँकी नै रहेको छ ।

– प्रत्येक ४ जनामा १ जना अमेरिकनले गत बर्ष एउटै पनि किताव पढेनन् ।

– बेलायतको ‘ब्रिटिश लाईब्रेरी’ले ६ करोड पत्रपत्रिकाहरुलाई कम अक्सिजन भएको कोठामा बन्द गरेर राखेको छ । कम अक्सिजन हुदाँ आगलागी नहुने हुनाले उक्त सुरक्षा अपनाईएको हो ।

Logo