पाइलटको सेल्फी क्रेज

पाइलटको सेल्फी क्रेज

केन्द्रबिन्दु
0
Shares

दुबई, २० भदौ । पेशाले पाईलट रहेका एक ब्यक्तिले इन्ष्टाग्राम मार्फत् सेयर गरेको यो फोटोले उनका फलोअरहरुलाई चकित पारेको छ ।

इन्ष्टाग्राममा पाईलोटग्यान्सो ह्याण्डलवाट पोष्ट गरेको माथीको फोटोमा दुबईको पाम आइल्याण्डलाई ब्याकग्राउण्ड गरेर खिचेको देखिन्छ । यो फोटोमा उनले यो मेरो दोस्रो घर दुबईको सेल्फी लेखेका उक्त फोटो पोष्ट गरेका हुन् । उनले फोटो पोष्ट गरेको लगत्तै सामाजिक संजालमा भाइरल भैरहेको छ । ४३ हजार फलोअर रहेको पाईलोटग्यान्सोको यो फोटोलाई करिव १५ हजारले लाईक समेत गरिसकेका छन् ।

पेशागत रुपमा पाइलटले राखेको फोटो साँचो होला भन्ने धेरैले अनुमान गरेपनि कतिले यो फोटोलाई म्यानुपुलेट गरेको शंका पनि गरेका छन् । पाईलोटग्यान्सोको इन्ष्टाग्राम एकाउन्टमा उनले विमान उडाईरहेको अवस्थामा लिएका सेल्फिका केही अन्य फोटोहरु पनि रहेका छन् । जुन तस्विर हेर्दा अनौठा रहेका छन् । पाईलोटग्यान्सोलाई विमानको ककपिटमा बसेर सेल्फी लिने चाहना तिब्र भएपनि फोटोलाई म्यानुपुलेट गरेर अनौठो बनाउन पनि उत्तिकै सिपालु रहेको देखाउछ । एजेन्सी

Logo