पोर्न मुभी हेर्नुहुन्छ ? तपाईंको यौन जीवन यसरी विथोलिन सक्छ 

पोर्न मुभी हेर्नुहुन्छ ? तपाईंको यौन जीवन यसरी विथोलिन सक्छ 

केन्द्रबिन्दु
12
Shares

 

केन्द्रबिन्दु डेस्क । २६ साउन ।

अहिले सबैको हात–हातमा मोबाइल छ । मोबाइल मात्र छैन, वाइफाई छ । इन्टरनेट छ । त्यसैले भर्चुअल संसारमा बढी रमाउन थालेका छन्, अहिलेका पुस्ता । प्रविधिको बढ्दो प्रयोग र सहज पहुँचका कारण पोनोग्राफी हेर्नेको संख्या पनि थपिँदो छ । यसबाट अछुतो छैनन्, पति/पत्नी पनि । अहिलेका दम्पतीमा पोर्नोग्राफी सामान्य भएको छ । यसबाट यौन आसन एवं प्राक–क्रीडाका सम्बन्धमा केही तौर तरिका त सिक्न सकिएला, तर यौन जीवन भने झन् खल्लो बनाइदिन्छ । क्यानडामा हालै एक अध्ययन भएको थियो, जसले निकै भयावह नतिजा निकालेको छ । उक्त अध्ययन अनुसार पोर्न एवं अश्लील भिडियो हेर्ने महिला/पुरुष वास्तविक यौन जीवनमा एकदमै असन्तुष्ट हुने गरेका छन् । यही कारण उनीहरूको पार्टनरसँग राम्रो सम्बन्ध नरहने उक्त अध्ययनको निस्कर्ष छ । यो विषय यसकारण पनि गंभिर भएको छ, अहिले धेरैजसो महिलाहरू पोर्नग्राफीतर्फ आकर्षित भएका छन् । पोर्नोग्राफी हेरेपछि त्यही किसिमको अभ्यास गर्न रुचाउने प्रवृत्ति पाइएको छ । जबकि प्रोनोग्राफी आफैँमा आर्ट एवं फिल्म हो, जो पूर्णतया नाटकीय हुन्छ । तर, मानिसहरूले त्यसलाई वास्तविक ठान्छन् र आफ्नो जीवनमा अभ्यास गर्न खोज्छन् । फलतः, पोर्न फिल्ममा जस्तो अनुभूत गर्न पाउँदैनन्, त्यही कारण उनीहरूको यौन जीवन बिथोलिने गर्छ ।

 – क्यानडास्थित युनिभर्सिटी आफ न्यू बन्र्सविकको अध्ययनमा एक हजार वयस्कलाई सामेल गरिएको थियो । त्यसमध्ये दुई तिहाइ महिला थिए । 

– यस अध्ययनको नेतृत्व यौन विज्ञ क्याटलिन गोल्डस्मिथले गरेकी थिइन् । उनका अनुसार ‘पोर्न फिल्ममा सबैकुरा औसतभन्दा बढी देखाइएको हुन्छ ।  यसमा इन्टरकोर्स औसतभन्दा लामो समय चल्छ । पुरुष लामो समयसम्म एक्साइटेड रहन्छन् र महिला असली दुनियाँभन्दा चाँडै अर्गाज्मको अनुभव गर्छिन् । 

– अध्ययनमा के पाइयो भने पोर्न हेर्ने महिला आफ्नो पार्टनरको एपियरेन्समा असन्तुष्ट देखियो । यस्तो महिलाका सन्दर्भमा यो जोखिम हुन्छ

– उनीहरू पार्टनरको सेक्सुअल पर्फर्मेन्सका लागि अवस्ताविक अपेक्षा गर्छन् । अर्थात, वास्तविक जीवनमा हुनै नसक्ने यौन सक्रियता पतिबाट चाहन्छन् । 

– पुरुषका लागि पोर्न मुभीमा जस्तै पर्फमेन्स गर्नु संभव छैन । त्यही कारण यस्तो अपेक्षा गर्ने महिला असन्तुष्ट हुने गरेको देखियो । त्यसो त महिला मात्र होइन, पोर्न मुभी हेर्ने पुरुषमा पनि यस्तै प्रवृत्ति हुने गर्छ । 

– पोर्न फिल्ममा पुरुषको यौनाङ्ग डिजिटल रूपले बढाइएको हुन्छ । उनीहरूको कस्मेटिक सर्जरी गरिएको हुन्छ । पोर्न मुभी हेरेर आफ्नो पार्टनरको पनि त्यस्तै होस् भन्ने अपेक्षा राख्नु मूर्खता हो । (एजेन्सी)

Logo