५ डर्टी सेक्रेट : साउदी अरबको शाही परिवारका

५ डर्टी सेक्रेट : साउदी अरबको शाही परिवारका

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २६ असार, काठमाडौं ।

नेपालीको श्रम गन्तव्य, साउदी अरब । यही देशको राज खानदान विश्वकै धनीमध्येमा गनिन्छन् । उनको गोल्ड प्लेटेड कार, शानदार पार्टी, बिवाह र ब्रेकअप सधै चर्चामा रहने गर्छ । यद्यपी उनीहरु शान सौकातपूर्ण जीवनका लागि मात्र चिनिदैनन्, लाजमर्दो करतुतका लागि पनि ।

यस रोयल फेमेलीको डर्टी सेक्रेट हो, हत्या, तस्करी, फिरौती, यातना र बलात्कार । यद्यपी साउदी अरबका शाही परिवार चाहँदैनन कि उनीहरुको भेद विश्वले जानोस् । साउदी अरबको शाही परिवार यति धनाड्य छन् कि, उनीहरुको सम्पति कति अफ्रिकी देशको अर्थतन्त्रभन्दा बढी छ । उनीहरुसँग करिब १ दबमलब ४ ट्रिलियन डलर छ ।

डर्टी सेक्रेट– १
सन् १९७७ मा साउदीका शाही परिवारले आफ्नै राजकुमारीको हत्या गरेका थिए । राजकुमारी मशाह अलकी बिवाह उनको मर्जी विपरित उनका काकाका छोरासँग गराइएको थियो । त्यसपछि मशाह पढाइका लागि बेरुत गइन् । त्यहाँ उनको भेट साउदीका राजदुतका छोरा खालिदसँग भयो । साउदी रोयल फेमेलीले यसको विरोध गरे । पछि बेरुतको एक कार पार्किङमा खालिदकै अगाडि माशाको टाउकोमा गोली हानियो ।

पछि खालिदको पनि शिर काटियो । यो सबै रोयल फेमेलीको आदेश अनुसार भएको थियो ।

डर्टी सेक्रेट– २
क्ताउन प्रिन्सले एक रातको लागि कार्दशियांलाई करिब एक अर्ब रुपैयाँको आफर दिएका थिए । यो प्रसंग हो, २०१६ को । क्राउन प्रिन्स सलमानले एक रात गुजारर्नका लागि अमेरिकी टेलिभिजन सेलिब्रेटी किम कार्दशियनलाई करिब एक अर्ब रुपैयाँको अफर दिएका थिए ।

डर्टी सेक्रेट– ३
यो २०१० को घटना हो । प्रिन्स साउदी बिन अब्दुल अजीजले आफ्ना गे पार्टनरको हत्या गरेका थिए । यद्यपी यो हत्या बेलायतमा गरिएको थियो ।

डर्टी सेक्रेट
साउदी अरबको क्राउन प्रिन्स नायफ बिल अल फवाजले दक्षिण अमेरिका र यूरोपमा नशालु पदार्थ तस्करी गरेका थिए । प्रिन्सले यो डिलिङ आफ्ना पूर्व मेक्सिकन गर्लफ्रेन्डसँग गरेका थिए । लेबनान एयरपोर्टमा उनको प्राइभेट जेटमा करिब २ टन कोकीन बरामत गरिएको थियो ।

डर्टी सेक्रेट– ५
साउदी प्रिन्स माजिद बिन अब्दुल्लाह अब्दुल अजीज २०१५ मा अमेरिकाको न्यूर्योकमा बसेका थिए । त्यहाँको होटल रुममा एक नोकर्नीसँग उनले जबरजस्ती गरेका थिए । यो मुद्दा अदालतसम्म पुग्यो । तर, साउदी अरबको प्रभावको कारण पछि यो मुद्दा त्यतीकै सेलायो ।

स्रोत – एजेन्सी

Logo